Headlines News :
fb
Home » » शिक्षाको विश्व साझेदारी टिममा कोफी अन्नान, गोर्डन ब्राउनसँगै कुलचन्द्र गौतम पनि

शिक्षाको विश्व साझेदारी टिममा कोफी अन्नान, गोर्डन ब्राउनसँगै कुलचन्द्र गौतम पनि

विश्वस्तरको प्राथमिक शिक्षा संसारका सवै देशहरुमा पुर्‍याउने उद्देश्यले स्थापना भएको ‘शिक्षाका लागि विश्व साझेदारी’ कार्यक्रमको एउटा टिममा नेपालका कुलचन्द्र गौतम छानिएका छन्।

ग्लोबल लिडर फर एजुकेशन नाम दिएको उक्त टिममा संयुक्त राष्ट्रसंघका पूर्व सहसचिव भइसकेका गौतमको नाम छानिएको हो।

‘शिक्षाका लागि विश्व साझेदारी’ कि अध्यक्ष अष्ट्रेलियाकी पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड छिन्। उक्त टिम गिलार्डले नै चयन गरेकी हुन्।

यसमा एसियाबाट गौतम, अफ्रिकाबाट संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नान, युरोपबाट बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउन, अमेरिकी प्रोफेसर जेफ्री स्याक र क्यारोल वेलेम छन्।

विश्वका प्रतिष्ठित व्यक्तिहरुको टिममा एसियाबाट गौतमलाई छान्नु गौरबको विषय मानिएको छ।

‘विश्वका गरिब मुलुकहरुमा प्राथमिक शिक्षाको पहुँच पुर्या‍उने यो कार्यक्रमको उद्देश्य हो,’ गौतमले भने, ‘हामीले त्यसका लागि दाता राष्ट्रमा गएर पैसा जुटाउने, शिक्षाका लागि एडभोकेसी गर्ने गरिब मुलुकलाई पनि शिक्षामा लगानी गर्न प्रेरित गर्नुपर्छ।’

टिमले यही जुन २५ गते ब्रसेल्समा सम्मेलन गर्न लागेको छ। सम्मेलनबाट तीन खर्ब डलर जुटाउने उद्देश्य रहेको गौतमले बताए। त्यो रकम नेपाल लगायत ५९ विकासोन्मुख देशहरुको शिक्षाका लागि खर्च गरिने छ।
टिमको कार्यकाल ३ वर्षको हुने छ। सम्मेलनबाहेक तीनवर्षे कार्यकालका अन्य कार्यक्रमहरुबारे टिमले छलफल गरिरेको गौतमले बताए।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar