Headlines News :
fb
Home » » खानेपानी संस्थानको धाराबाट गड्यौला

खानेपानी संस्थानको धाराबाट गड्यौला

जनकपुरधाम : नेपाल खानेपानी संस्थानद्वारा जनकपुर नगरक्षेत्रमा वितरण गरिएको धाराबाट गँड्यौला आउन थालेको छ। गँड्यौलालगायत फोहोर मिसिएको पानी आउन थालेपछि सर्वसाधारणले संस्थानको धाराबाट आउने खानेपानी प्रयोग गर्न छाडेका छन्। जनपा ४ विश्वकर्माचोकमा रामस्नेही मिश्रको पसलमा जडान गरिएको खानेपानीको धाराबाट पानीसँगै फोहोर र गँड्यौला आउन थालेपछि पानी सडक पखाल्न मात्रै प्रयोग गर्ने गरेको मिश्रले बताए।

विश्वकर्माचोकझैं वकिलटोल, किशोरीनगर, देवीचोकसहितका स्थानमा खानेपानीमा फोहोर भेटिन थालेपछि सर्वसाधारणले त्यो पानी खानुको साटो फोहोर सफा गर्न प्रयोग गर्ने गरेका छन्।

संस्थानद्वारा १५ वर्षअगाडि जडान गरिएको पाइप ठाउँठाउँमा फुटेर नालाको पानी मिसिएको मिश्रले बताए। पानी खानयोग्य नआए पनि महसुल भने बुझाउनुपर्छ। महसुल बुझाउन संस्थानको कार्यालय पुगेको समयमा हरेकपटक कर्मचारीलाई फोहोर पानीको समस्याबारे अवगत गराउँदा पनि कुनै चासो नदिएको उनले बताए।

खानेपानी संस्थान जनकपुरका प्रमुख विनोद यादवले संस्थानबाट वितरण हुने पानी शतप्रतिशत शुद्ध रहने गरे पनि पुराना पाइप ठाउँठाउँमा फुटेर नालाको पानी र ढल मिसिँदा समस्या उत्पन्न भएको बताए। उनले भने, 'समस्या ठूलो छ। यस विषयमा विभागलाई जानकारी पनि गराएको छु तर रकम अभावका कारण नयाँ पाइप जडान गर्न बजेट छैन।' नगर क्षेत्रमा संस्थानबाट खानेपानी सुविधा लिने तीन हजार दुई सय ग्राहक छन्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar