काठमाडौं : तेह्र दिनको मृत्यु संस्कार तीन दिनमा छोट्ट्याउने अभियानमा लागेका गुल्मीमा रामप्रसाद गौतमले हस्ताक्षर संकलन सुरु गरेका छन्। अभियानअन्तर्गत हालसम्म एक हजार एक सयजनाको हस्ताक्षर संकलन भइसकेको छ।
गौतमले सामाजिक सुधार ऐन बनाउन दबाब दिने उद्देश्यले एक लाख हस्ताक्षर पुर्याएर व्यवस्थापिका संसद्मा पेस गर्ने जानकारी दिए। बानेश्वरस्थित रत्नराज्य उच्चमाविका शिक्षक गौतमले काजकिरियामा अन्य कुरा र आर्थिक खर्च पनि निकै हुने भएकाले सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले एउटा मृत्यु संस्कारबाट एक लाख रुपैयाँ जोगाउन सके पनि राम्रो हुने धारणा व्यक्त गरे। '२०६८ सालको जनगणनाअनुसार नेपालमा दुई करोड १६ लाख हिन्दु छन्। यो हिसाबले २८ करोड आठ लाख दिन किरिया गर्नुपर्छ। जन्मिनेको हिसाब यहाँ छैन', उनले भने, 'प्रत्येक संस्कारमा सरदर १० जना सहयोगी व्यस्त हुनुपर्छ। एउटा काजकिरियामा दुईदेखि सात लाख रुपैयाँसम्म खर्च हुन्छ।' एउटा काजकिरियाबाट एक लाखमात्र जोगाउन सके वर्षमा सरदर सात अर्ब रुपैयाँ जोगिने उनले बताए। आइपर्दा आफू पनि तीन दिनमात्र किरिया बस्ने बताउँदै उनले भने, 'अभियान चलाउनेले उदाहरण पनि बन्न सक्नुपर्छ।'
जनश्रुतिअनुसार १३ वर्षसम्म गरिने मृत्यु संस्कार १३ महिना हुँदै १३ दिनमा झरेको उनले बताए। उनले भने, 'अब अरू सहज बनाउन केही दिन घटाउनु अनौठो कुरो होइन, यो धर्मसंस्कारविरोधी पनि होइन।' किरिया बस्ने काम कुनै धर्म नभएकाले जनचाहनाअनुरूप बनाउन सकिने उनको भनाइ छ।
सामाजिक सुधार ऐन बनाउन दबाब दिन एक लाख हस्ताक्षर गरेर व्यवस्थापिका संसद्मा बुझाइने।
साहित्यकार निनु चापागाईं भने मृत्यु संस्कारबारे अझै फरक विचार राख्छन्। उनले भने, 'भन्ने र गर्ने समाजको चलन छ। शारीरिक र मानसिक भार र खर्च कम गर्न तीन दिन गरे पनि पुग्छ। जनचाहनाअनुरूप बढीमा पाँच दिनसम्म गर्न सकिन्छ।'
नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष माधव भट्टराईले भने मृत्यु संस्कार तीन दिनमा घटाउनु भनेको गर्भमा हुर्किरहेको बच्चालाई तीन महिनामा जन्म भन्नुजस्तै हुने बताए। उनले भने, 'नगर्नेले नगरून् कर छैन। गर्नेलाई शास्त्रीय आधारमा काम गर्न पाउनुपर्छ।' अवैज्ञानिक, रूढिवादी र विकृति हटाउन तयार रहेको बताउँदै उनले भने, 'आपत् धर्ममा विदेशबाट आउने वा कुनै अप्ठेरो पर्नेले आठ दिनमा मिसिएर काम सक्ने छुट दिएकै छ।'
संस्कृतिविद् कुलप्रसाद पराजुलीले ८८ हजार ऋषिमुनिले अनन्त शास्त्रको अध्ययनपछि चिन्तन र मनन गरी १३ दिने मृत्युसंस्कारको चलन चलाएको बताए। '१३ दिने चलन गर्भधारणदेखि मृत्यु नहुँदासम्म र त्यसपछिका दिनहरूलाई लिएर आशौचमा बस्नुपर्ने निर्णयबाट गरिएको हो', उनले भने, 'भौतिक देह त्यागेपछि हावा रूपमा १० दिनसम्म १० वटा रूप लिन्छ त्यसका लागि १० पिण्डी दिने चलन चलेको हो। दुई दिन हावारूपी शरीरको आत्माका लागि यो कर्म गरिन्छ। १३ औं दिन चोखिने दिन हो।'
अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले 'नेपाली संस्कार र संस्कृतिको रूपान्तरण र व्यावहारिक जटिलताहरू' विषयक कार्यपत्र तयार पारेका छन्। उनले कार्यपत्रमा लेखेका छन्, 'मान्छेले चलाएको अन्तिम संस्कार बढी समस्यापूर्ण छ। तीन दिन वा एक दिन आफ्ना मृत पितामाता अथवा पूर्वजहरूलाई सम्झना गर्नु, सम्मान गर्नु, शोक मनाउनु स्वाभाविक हुन्छ तर त्यसपछि पूर्ववत सामान्य अवस्थामा फर्कनु पर्छ। सेतो कोरामा वर्षभरि बार्ने कुरा त खारेज गर्नैपर्छ।'