जेठ, काठमाडौं । युरोपियन फुटबल क्लब एन्डरलेक्टले नेपाली युवा फुटबलर विमल घर्तीमगरलाई अनुवन्धन गर्ने भएको छ । बेल्जियमको क्लब एन्डरलेक्टले विमललाई आफ्नो एकेडेमीमा लिने भएको हो । एन्फा स्रोतले भन्यो-’एक सिजनका लागि एन्डरलेक्टले विमललाई आफ्नो एकेडेमी टिमका लागि लिने भएको छ ।’
विमल एन्डरलेक्टमा दुई महिना प्रशिक्षण गरेर जेठ १८ गतेमात्र स्वदेश फर्किर्का थिए । प्रशिक्षणकै क्रममा विमलले एन्डरलेक्टका लागि यू-१७ फ्युचर कपमा गोल समेत गरेका थिए । फेनरवाचलाई २-० ले हराउँदै सेमिफाइनलमा पुग्दा एक गोल गरेका उनले अर्को गोलका लागि पास समेत मिलाइदिएका थिए । स्वेदश फर्किएपछि उनले अब युरोपमा खेल्न सक्ने विश्वास व्यक्त गरेका थिए । त्यसअघि उनले नेदरल्याण्डको एफसी ट्वान्टेमा ट्रायल दिएका थिए ।
नवलपरासीका विमल २ वर्षअघि एन्फा एकेडेमीबाट छनोट हुँदै काटमाठडौं आएका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शनसँगै विमलले १५ वर्षको उमेरमा पाकिस्तानविरुद्धको मैत्रिपूर्ण खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । साफ च्याम्पियन्ससिपमा पाकिस्तानविरुद्ध गोल गरेपछि बंगलादेशका प्रशिक्षक रेना कोस्टरले विमललाई युरोपसम्म पुर्याएका हुन् । नेपाल १-० गोलले पछि परेको अवस्थामा विमलले गोल गर्दै घरेलु टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए ।
यो पनि पढ्नुस् युवा फुटबलर विमल भन्छन्-अव युरोपमा खेल्न सक्छु -