बेलबारी (मोरङ) : बिहानै उठ्यो। काँधमा हलोजुवा भि:यो, लाग्यो खेततिर। पहिलो प्रहर खेत जोत्यो। मध्याह्न १ बजे घर फि:यो। ३ नबज्दै फेरि लाग्यो आली लगाउन। साँझ ५ बजे घर आयो। खाना बनायो। छोरी र सासूलाई खानपिन गरायो। पल्टियो ओछ्यानमा।
असार लागेसँगै मोरङ बेलबारी ३ खोरियाबस्तीकी टंकमाया मगरको दिनचर्या यस्तै छ। गाउँभरिको खेत जोताइको चटारो छ उनलाई। धान रोप्ने खेत हिल्याउन किसान तँछाडमँछाड गरिरहेका छन्। टंकमायाले भनिन्, 'अन्यत्र पुरुष खटिए पनि यहाँ भने महिलाले जोत्छन्। गाउँमा हलो जोत्ने पुरुष नै छैनन्।'
पुरुष रोजगारीका लागि विदेश गएपछि खोरियाबस्तीमा हलो जोत्ने काम महिलाले गरेका हुन्। टंकमायाका पति पनि विदेशमै छन्। 'एक दिन जोतेको ६ सय रुपैयाँ लिन्छु', टंकमायाले भनिन्, 'मलाई पतिले नै हलो जोत्न सिकाउनुभएको हो। जोतेर आएको आम्दानीबाट तीन छोरीको पढाइ र घरखर्च जुटेको छ।'
महिलाले हलो जोत्दा अनिकाल र अनिष्ट हुन्छ भन्नेहरू अचेल टंकमायालाई नै बोलाउँछन्। गाउँमा आपत् नै परेकाले जोत्न थालेको बताउँदै उनले भनिन्, 'अरू दुई महिलालाई पनि जोत्न सिकाइदिएकी छु। उनीहरू प्नि असारमा खटिएका छन्।' टंकमायाको समेत गरेर खोरियाबस्तीमा जम्मा तीन हल गोरु मात्र छन्। ती सबै महिलाले जोत्छन्।
करिब एक सय परिवार रहेको यो बस्तीमा बुढापाका पुरुष, महिला र बालबालिका मात्रै छन्। २०६२ सालमा टंकमायाका पति मेघनाथ साउदी गए। त्यसयता आफ्नो स्वामित्वको दुई बिघा खेती उठाउने जिम्मा टंकमायाकै काँधमा आयो। उनी भन्छिन्, 'बाली लगाउन हलो नजोती हुँदैन। पुरुष छैनन्, नजानी भएन। सिक्नै प:यो, सिकें पनि।' पतिबाट सिकेको गोरु नार्ने, जुवामा हल्लुँड कस्ने, अनौ उठाएर लुँडी फाल्नेसम्मका काम उनले गाउँका अन्य महिलालाई पनि सिकाएको बताइन्।
गाउँका अगुवा गोविन्द चोङबाङ महिलाले पुरुषजस्तै काम गर्न सक्ने बताउँदै भन्छन्, 'अब पुरुष नै नभएपछि महिलाले जोत्नु हुन्न भनेर भयो र?' स्थानीय किसान धर्मराज लिम्बूले पनि महिला जोताहार लगाएरै आफ्नो खेती जोत्ने गरेका छन्। उनले भने, 'पुरुषले गर्ने सबै काम गर्छन्। त्यही भएर लगाउँछु। पुरुषभन्दा कम छैनन्।'
छेमादेवी मगर पनि हलो जोत्छिन्। उनले टंकमायाबाटै जोत्न सिकेकी हुन्। आफ्नो खेतमात्र जोत्ने गरेको बताउँदै उनले भनिन्, 'पुरुष नपाइएपछि महिला नै खटिएका छौं।' काम पुरुषले वा महिलाले गर्ने भनेर विभाजन गर्न नहुने उनको सुझाउ छ। परिवारका पुरुष विदेश गए पनि यो बस्तीमा मानिसको प्रमुख आयस्रोत खेतीपाती नै हो।