नाटाल : लामो समयदेखि ब्राजिलमा विश्वकप आयोजनाको विरोध गर्दै आएका प्रदर्शनकारीले सोमबार राति विश्व फुटबल महासंघ (फिफा) अमेरिकाको राष्ट्रिय झन्डा जलाएका छन्। विश्वकपको समूह 'जी' मा रहेको अमेरिका र घानाबीचको खेल भइरहँदा रंगशालाबाहिर प्रदर्शनकारीले झन्डा जलाएका हुन्।
सुरक्षाकर्मीले करिब एक सयजनाको संख्यामा आएका प्रदर्शनकारीलाई रोकेपछि उनीहरूले झन्डा जलाएका थिए। यसैगरी इरान र नाइजेरियाबीच भएको खेलका क्रममा पनि प्रदर्शनकारीले चर्को नारा लगाएका थिए।
नागरिकको शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यक क्षेत्रमा खर्च गरिनुपर्ने ठूलो रकम विश्वकप आयोजनामा खर्च गरिएको आरोप लगाउँदै ब्राजिलमा लामो समयदेखि विरोध र प्रदर्शन हुँदै आएको छ। -एजेन्सी annapurnapost