
यसअघि चांग र एंग बंकर नामका थाइल्याण्डका जिउ जोडिएका जुम्ल्याहा ६२ वर्ष ८ महिना ६ दिनसम्म बाँचेका थिए । उनीहरुको सन् १८७४ मा अमेरिकामा निधन भएको थियो ।
रोनी र डोनी गालयोन नामका यी दुइ जुम्ल्याहाको जिउ कम्मरनेर जोडिएको छ र यसरी जिउ जोडिँदा दुबै एक अर्कातर्फ फर्किन पुगेका छन् । आफ्नो विश्व किर्तिमानी उमेरमा खुसीयाली मनाउन उनीहरुले शनिबार विशेष भोजको आयोजना गर्दैछन् ।
यी जुम्ल्याहाका ४ हात, ४ खुट्टा, दुइ मुटु, दुइ आमासय भएपनि उनीहरुको पाचन प्रणालीको तल्लो भा जोडिनुका साथै मलद्वार र लिंग एउटै छ । लिंग र मलद्वारमाथि डोनीले नियन्त्रण गर्छन् भने यसमा रोनीको कुनै भूमिका हुँदैन ।


असल इश्वरले आफुहरुको सिर्जना गरेको बताउँछन् रोनी । यो जुम्ल्याहा जोडीले ४ वर्षको उमेर देखि नै विभिन्न खाले प्रदर्शनीमा प्रस्तुती गर्दै परिवारको लागि खर्चको जोहो गरिदिन थालेको थियो । उनीहरुले सर्कसमा पनि काम गरे ।
यी दुइभाइमा कहिलेकाहीँ तितो पिरो हुने भएपनि अधिकांस समय मिलिजुली बस्छन् र विभिन्न खेल खेल्छन्, घुम्न जान्छन् र होटल रेस्टुरेन्टमा जान्छन् । दुबैलाई उपयुक्त हुने हि्वलचेयरको पनि व्यवस्था गरिएको छ ।