अनुसन्धानकर्मीहरूले उपभोक्ताहरूलाई कुखुराको काँचो मासु नपखाल्न सल्लाह दिइरहेका छन्। मासु पखाल्दा संक्रमण फैलिने खतरा हुन्छ। बेलायतको फुड स्ट्यान्डर्स एजेन्सी (एफएसए) ले करिब चार हजार पाँच सय युवालाई लिएर एक सर्वेक्षण गरेको थियो। यसमा ४४ प्रतिशतले मासु पकाउनुअघि धोएको बताए। यसरी पखाल्दा हात, काम गर्ने स्थान र कपडामा क्याम्पिलाब्याक्टर ब्याक्टेरिया फैलिने एफएसएले जनाएको छ।
'कुखुराको मासु पखाल्दा संक्रमण फैलिएको पाइयो। त्यसैले मासु पखाल्दा अझ सावधानी अपनाउनुपर्छ।'
बेलायतमा हरेक वर्ष करिब दुई लाख ८० हजार मानिस क्याम्पिलोब्याक्टर ब्याक्टेरियाबाट प्रभावित हुन्छ। तर सर्वेक्षणमा सहभागी २८ प्रतिशतले मात्र यसबारे सुनिएको बताए। हुन त ९० प्रतिशतले स्यालमोनेला र ई कोलीबारे सुनेका पाइयो। संक्रमण फैलिनुको कारण मासु काट्ने ठाउँमा फोहोर हुनु पनि एक हो। बेलायतमा फुड पोइजनिङको मुख्य कारण नै क्याम्पिलोब्याक्टर हो, यसको अधिकांश प्रदूषित कुखुरा हो। यसको प्रमुख लक्षणमा झाडाबान्ता, पेट दुख्नु, आलस्य हुनु र ज्वरो आउनु हो। प्रायगरी यो संक्रमणले खासै जटिल समस्या निम्त्याउँदैन तर यसले ठूलो रूप लिनुअघि नै सावधानी अपनाउनुपर्छ।
पाँच वर्षमुनिका बालबालिकालाई यसले समस्या गर्नसक्छ। यो संक्रमणले स्नायु प्रणालीमा असर गर्न सक्छ। एसएसएकी मुख्य कार्यकारी क्याथरिन ब्राउनले भने, 'कुखुरा पाल्नेहरूले पनि हात सफासँग धुनुपर्छ, अन्यथा यसले संक्रमण फैलाउँछ। हामीले अध्ययनका क्रममा पनि कुखुराको मासु पखाल्दा संक्रमण फैलिने पाइयो। त्यसैले मासु पखाल्दा अझ सावधानी अपनाउनुपर्छ।' एफएसएले किसान र उत्पादकहरूसँग पनि मिलेर काम गरिरहेको छ। उत्पादनको समयमै ध्यान दिँदा ब्याक्टेरियाको दर कम हुने बताइएको छ। यो ब्याक्टेरियासँग सम्बन्धित रोगको उपचारको लागि बेलायतले वर्षेनि लाखौं पाउन्ड खर्च गर्ने गरेको छ। -एजेन्सी