गुल्मी- साँघुरो र अप्ठ्यारो सडकको सामना गर्दै आएका गुल्मेली जनताले अब राहत पाउने भएका छन्। सालझण्डीदेखि तम्घास सम्म ७८ किलोमिटरको दूरीमा फास्ट ट्रयाक बन्ने भएपछि गुल्मेली जनताले राहत पाउने भएका हुन्। संविधान सभाको निर्वाचनमा सालझण्डीदेखि तम्घास सम्मको छोटो बाटोलाई आफ्नो पहिलो विकासको एजेण्डा बनाएर प्रस्तुत भएका क्षेत्र नम्बर-२ का सभासद चन्द्र भण्डारीको पहलमा उक्त सडकलाई राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयले स्विकृत गरेको छ।
भण्डारी आफूले संबिधान सभाको निर्वाचनमा उठाएको पहिलो एजण्डामा सफल पनि भएका छन्। शुक्रबार अर्थ सचिव युवराज भुसाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोख्रेल, सभासद भण्डारी लगायतको उच्चस्तरीय समितिले सालझण्डीदेखि तम्घाससम्मको बाटोलाई आगामी बजेटमै समावेश गर्ने गरी निर्णय गरेको छ।
अर्थ सचिव भुसालले आउँदो बजेटमै सालभण्डीदेखि तम्घाससम्मको ट्रयाक खोल्नका लागि बजेट बिनियोजन हुने बताए। बाटोकै थप अध्यननमा लागि गुल्मीमा रहेका भुसालले नागरिकन्युजसँग भने ‘शुक्रबारमात्रै निर्णय भएको छ, अब सालझण्डीदेखि तम्घाससम्मको ट्रयाक खोल्नका लागि यो वर्ष बजेट बिनयोजन हुन्छ।’ उनले बहुवर्षीय योजनाअनुसार अर्को वर्ष उक्त सडकको स्तरोन्नतिका लागि बजेट बिनियोजन हुनेपनि जानकारी दिए। ‘पुरानो बाटो बन्द हुने कुरा भएन त्यो पनि चलिरहन्छ,’ उनले भने, ‘जसलाई जता पायक पर्छ त्यतैबाट मान्छेहरु हिँड्न सक्छन्।’
सभासद भण्डारीले बर्तुङ–तानसेन–तम्घास सडक खण्ड गुल्मीका लागि धेरै घातक भएको भन्दै यो सडकको प्रस्ताव गरेका हुन्। बजेट आएपछि सालझण्डी–नियाली भन्ज्याङ–खज्र्याङ–तम्घासका लागि तुरन्तै ट्रयाक खुल्नेछ। यो सडक खुलेसँगै गुल्मी, अर्घाखाँची र बुटबलको सम्बन्ध पनि अझै राम्रो हुनेछ।
पुरानो सकडक अप्ठ्यारो भएकै कारण ठूला ठूला दुर्घटना हुँदा यहाँका नागरिकलाई अब धेरै राहत हुने बिश्लेषण गरिएको छ। अत्यन्तै साँघुरो सडक र ज्यान सिरिङ्ग हुने घुम्तीले गर्दा पुरानो सडमा धेरै दुर्घटना हुने गरेका छन्। उक्त सडकमा अघिल्ला वर्षहरुमा भएका दुर्घटनामा मात्रै दर्जनौंले ज्यान गुमाएका थिए। सभासद भण्डारीले यो सडक स्वीकृत हुनुलाई आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो उपलब्धिको रुपमा बिश्लेषण गरे।
उनले गुल्मीमा भइरहेका दुर्घटना यो सडक खुलेपछि प्रायः शून्यमा झर्नेसमेत दाबी गरेका छन्। ‘यो सडक मैले राजनीतिक उचाईका लागि प्रस्ताव गरेको होइन, यो सडक सुरु भएपछि सारा गुल्मेलीहरुको आँखामा हर्षको आँशु बग्ने छ,’ उनले भने, ‘गुल्मीको लागि पहिलोपटक कर्मचारीहरुबाटो ठूलो सहयोग भयो, मुख्य सचिव, अर्थ सचिव, योजना अयोगका उपाध्यक्ष सबैलाई गुल्मेली जनताले धन्यबाद दिनेछन्।’ ७८ किलोमिटरको सडकमा पनि २७ किलोमिटर तराईमा पर्नेगरी यो फास्ट ट्रयाक स्वीकृत भएको छ। तम्घासदेखि बुटबलसम्म पुरानो सडकको दूरी १ सय १५ मिटर छ। सभासद भण्डारीले आफू निर्वाचित भएपछि उक्त सडकको प्राविधिकसहितको टोलीबाट स्थलगत अध्ययनसमेत गरेका थिए। उक्त सडक अध्ययनको क्रममा यहाँका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरुले उक्त सडक गुल्मीका लागि अपरीहार्य रहेको बताएका थिए।
उक्त सडक सुरु हुने बित्तिकै यहाँको ब्यापार ब्यवसायमा पनि ठूलो धेरै फरक पर्ने ब्यवसायीहरुको भनाइ छ। गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले यो बाटो खुलेसँगै ढुवानीको समस्या नहुने बताए। उनले पूरानोबाटो धेरै लामो र अप्ठ्यारो भएकोले ढुवानी समस्या हुँदै आएकाले अब त्यस्तो नहुने बताउँछन्। ‘पूरानो बाटो आफैंमा लामो छ, अझ सिद्धबाबाको पहिराले त्यहाँ जाम पनि हुँदै आएको छ,’ उनले भने, ‘यसले सहज हुन्छ, अब तराईबाट सिधै पहाड आउनेहरुका लागि गुल्मी राम्रो गन्तब्य पनि बन्न सक्छ।’ अब तराईबाट पहाड आउनेहरुलाई पाल्पामा जान नपर्ने पाण्डेले बताए।