मुगु, जेष्ठ १ - एक किलो नुन किन्न कति लाग्ला ? १०, २० कि ३० रुपैयाँ ? मुगुको विकट गाउँका बासिन्दा १० हजार रुपैयाँसम्म खर्चिन बाध्य छन् । अरू गाउँवासीजस्तै किम्री-२ का हिस्याआङडा तामाङ पनि १० हजार रुपैयाँ खर्चेर एक किलो नुन लिई सदरमुकामबाट गाउँ फर्कंदै छन् । 'बाटोमा पाँच दिन लाग्यो, ६ दिनसम्म होटलमा बास बसें,' उनले सुनाए, 'पालो कुरेर एक किलो नुन हात पर्दासम्ममा १० हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।' ठूलो रकमको खर्च त छँदैछ, निकै कष्ट भोग्दै विकट गाउँदेखि सदरमुकाम धाएका उनी एक किलो मात्र नुन पाएकोमा आक्रोशित छन् । भन्छन्, 'निकै दुःख गरेर जिल्ला नुन वितरण डिपोमा आइयो, १०/१५ किलो माग्दा पनि पाइएन । एक किलो दिएर पठाए, सकिएपछि फेरि सदरमुकाम दौडिनुपर्ने भो ।'
साल्ट्र टे्रडिङ कम्पनीले सरकारी अनुदानको नुन प्रतिकिलो १० रुपैयाँमा दिने भए पनि पूर्वी करान भेगका बासिन्दा सदरमुकाम धाएर र्फकंदा १० हजार हाराहारीमा खर्च हुन्छ । एक महिनामा एक परिवारलाई सरदर १० किलो नुन चाहिन्छ । तर अभावका कारण अनिनै छाक टार्नु परेको त्यहाँका बासिन्दाको गुनासो छ । 'त्यस भेगका लागि भनेर छुट्टै कोटा छैन, अरूलाई जस्तै १/२ किलोसम्म दिएर फर्काउन बाध्य छौं,' जिल्ला नुन वितरण डिपोका प्रमुख उपेन्द्र ठाकुरले भने ।
'गाउँघरमा अन्न सापटी पाइएला, तर नुन पाइन्नँ,' पुलु गाविसका साघादोर्जे तामाङले सुनाए । पूर्वी करानका किम्री, डोल्फु, पुलु, मुगु र माग्री गाविसवासी सरकारी अनुदानको आयोडिनयुक्त नुन नपाउँदा हरेक वर्ष तिब्बतबाट ढिके नुन ल्याएर खान बाध्य छन् । 'सरकारले सधैं सौतेनी व्यवहार गर्छ, साह्रै चित्त दुख्छ,' उनले दुखेसो गरे । खाद्य सुरक्षाका क्षेत्रमा संलग्न फियान नेपालले पूर्वी करानका ती पाँच गाविसका करिब ८ सय परिवार आयोडिनयुक्त नुनबाट वञ्चित भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । संस्थाका संयोजक लोकबहादुर विकका अनुसार ढिके नुनको बढी प्रयोगले बालबालिका तथा महिलामा अपांगता र गाँड आउनेलगायत समस्या छन् ।
'तिब्बतमा ढिके नुन ६० रुपैयाँ प्रतिकिलो पाइन्छ,' किम्री गाविसका ग्याल्बु तामाङले भने, हाम्रो देशमा भने विवाह गर्दा गाउँमा बरु सजिलै सुन किन्न पाइन्छ तर नुन किन्न पाइँदैन ।'