
४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ ।
अख्तियारले लाइसेन्स फाँटका रामेश्वर अर्यालसहित दुई कर्मचारीलाई पनि नियन्त्रणमा लिएको छ । साथै कागजपत्र पनि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।