Headlines News :
fb
Home » » कोरियाका ओभरस्टे भन्छन्-नेपाल गएर के गर्नु ?

कोरियाका ओभरस्टे भन्छन्-नेपाल गएर के गर्नु ?

४ जेठ, दक्षिण कोरिया । भिसा अवधि सकिन केही समय बाँकी थियो । देश फर्केर कुनै व्यवसाय गर्ने सोच थियो । कोरियामा आर्जन गरेको सीप, शैली र अर्थको सदुपयोग गर्ने चाहना थियो । ४ वर्ष ७ महिनाअघि रोजगार अनुमति प्रणालीमार्फतको ई-९ भिसामा कोरिया आएका कास्की लेखनाथका सागर कार्की ३८ (नाम परिवर्तन)का योजना मोटामोटी यही थिए । भिसा सकियो । सोचेजस्तो कमाइ र बचत नभएको बाहानामा योजना तुहियो ।


अन्ततः उनी अवैधानिक बसेको कारोबारमा खबर छ । अहिले उनी ख्वान्जुस्थित एक मेटल कम्पनीमा दैनिक १५ घन्टा काम गर्छन् । ‘काम अनुसार दाम छ’ भन्छन् ‘घरमा बुबालाई सोधें, नेपालमा लगानी गर्ने वातावरण कस्तो छ ? जवाफ आयो-महँगी र लोडसेडिङले हैरान छ । के व्यवसाय गर्छस ! अझ २-४ वर्ष त्यतै बस ।ङले हैरान छ । के व्यवसाय गर्छस ! अझ २-४ वर्ष त्यतै बस ।’ लुकिछिपी काम गरिरहेका नेपालीलाई फिर्ता नबोलाए कोरियाल हाल नेपाललाई दिइरहेको श्रमिक कोटा घट्न सक्ने संकेत दिइरहेका बेला दक्षिण कोरियामा भिसा सकिएका नेपालीहरु कार्की झै अवैधानिक रुपमा बस्ने क्रम बढिरहेको छ ।

काठमाडौंको सामाखुसीको चालू रेस्टुँरा बेचेर कोरिया आएका धादिङका राकेश सापकोटा (नाम परिवर्तन) पनि चार महिनादेखि लुकीछिपी बसेर काम गरिरहेका छन् । हालैमात्र ईपीएस कोरिया नेपाल शाखाले ईपीएसमार्फत आएरु लुकिछिपी बसेका ४ सय ६६ जनाको व्यक्तिगत विवरण सार्वजनिक गरेको छ । कोरियामा अबैधानिक व्यक्ति अन्य मुलुकमा पनि जान अयोग्य हुने भन्ने विषयबारे कोरियामै कतै स्वागत त कतै चर्को आलोचना भइरहेको छ । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar