Headlines News :
fb
Home » » काठमाडौंमा जंगली जनावरको आतंक बाँदरले दुख दिँदा प्रधानमन्त्री कार्यालयमा फोन

काठमाडौंमा जंगली जनावरको आतंक बाँदरले दुख दिँदा प्रधानमन्त्री कार्यालयमा फोन

जेठ, काठमाडौं । काठमाडौंको कपन गाविसमा शनिबार बिहानै जंगलबाट सहर छिरेको एउटा चितुवाले आतंक मच्चायो । कपनकी ५१ वर्षीया देवकी पनेरु तरकारी टिप्न बारीमा गएको समयमा एकबिहानै आएको चितुवाले आक्रमण गरेपछि सो क्षेत्रमा खैलबैला मच्चिएको थियो ।

नजिकैको शिवपुरी जंगलबाट पसेको चितुवाले सहरमा पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि कपनक्षेत्रका बासिन्दा आतंकित भए । विहानै सरहमा छिरेको चितुवाबारे प्रहरीलाई खबर गरियो । प्रहरीले स्थानीयलाई सुरक्षितस्थानमा बस्न सचेत गराएर जिल्ला वन कार्यालयको प्राविधिक टोलीलाई बोलायो ।स्थानीय, प्रहरी र वन कार्यालयको टोलीले मानिसमाथि आक्रमण गरेर लुकेको चितुवालाई नियन्त्रणमा लिन मध्यान्हसम्म पनि असफल भए ।

उल्टै जिल्ला वन कार्यालयाका एक प्राविधिकलाई आक्रमण गरेपछि चितुवालाई जीवित पक्रने प्रयास असफल भयो ।अन्ततः जंगलबाट जिउँदै पसेको चितुवमाथि प्रहरीले ५ गोली दाग्यो । पक्रेर चिडियाखानामा बुझाउने प्रयास असफल भएपछि चितुवालाई मारियो ।
काँठमा बाँदरको डरलाग्दो आतंक

उपत्यकाको काँठ क्षेत्रमा बाँदरले आतंक मच्चाएपछि स्थानीयबासीले प्रधानमन्त्रीलाई गुहारेका छ्न । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको हेल्लो सरकारमा फोन गरेर बाँदर नियन्त्रण गर्न आग्रह गरेपछि सरकारले बाँदर आतंकबारे अध्ययन गर्न विेशषज्ञ टोली नै काँठक्षेत्रमा पठाएको छ ।
बाँदरले स्थानीयलाई दुःख दिनुको कारणबारे खोजविन गर्न सरकारले वन मन्त्रालय अन्तरगतको राष्ट्रिय निकुञ्ज विभागका विशेषज्ञ पठाएर समस्याको पहिचान गर्न थालेको  हो । विभागका विशेषज्ञ महेश्वर ढकाल नागार्जुन-शिवपुरी राष्ट्रिय निकुञ्जका कर्मचारीले पहिलो चरणमा जितपुरफेदी गाविसमा रहेको ओशो तपोवनक्षेत्रमा बाँदर र तिनबाट उब्जेका समस्याबारे अध्ययन गरेका हुन् ।

बगाले बाँदरले काठमाडौंको काँठक्षेत्रका झोर महांकाल, विष्णु बुढानिलकण्ठ, गोकर्ण, जितपुरफेदी, सुन्दरीजल, गोलढुंगा र धर्मस्थलीसहितका गाविसमा घरैभित्र पसेर स्थानीयलाई दुःख दिएपछि उनीहरुले सरकारलाई गुहारेका हुन् । बाँदरले खेतबारीमा लगाएको अन्न र तरकारी खाइदिएर हैरान बनेका स्थानीय पछिल्लो समय बाँदर घरभित्रैसम्म पसेर आतंक मच्चाउन थालेपछि नियन्त्रणको आशमा छन् । जंगलमा रमाउने बाँदरलाई सो क्षेत्रमा जाने भक्तजन, पर्यटक र वनभोज खानेहरुको समूहल खानेकुरा दिन थालेपछि बाँदरको बानी बिग्रेको वन्यजन्तुविज्ञहरुले बताएका छन् ।

जंगलमा खोज्दा पनि खानेकुरा नपाइने अवस्थामा सहरमा सजिलै खानेकुरा पाइन थालेपछि सहरका घर घरमा बाँदर आउन थालेको स्थानीय बताउँछन् । गाउँ तथा काँठक्षेत्रमा आउने पर्यटक र अन्य मानिसले दिने खानेकुराले बाँदर जंगल छाडेर सहर पसेको बताउँदै स्थानीयले त्यस्तो कार्य बन्द गर्न माग गरेका छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar