उदयपुर, जेठ ४ - जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका उदयपुर साउने ९ का अर्जुन आले मगरले श्रीमती भनेर जाँदा अर्कैसँग शारीरिक सम्पर्क गर्न पुगेको प्रहरीलाई बयान दिएका छन् ।
जवरजस्ती करणी नभई श्रीमती जस्तो लागेर झुक्किएर छिमेकीसँग शारीरिक सम्पर्क गर्न पुगेको उनको भनाई छ ।
.jpg)
‘चण्डी पुर्णिमाको दिन भएकाले गाउँका सबै मिलेर देवीको पूजा गरी प्रसाद खाएका थियौ, हल्का मदिरा पनि सेवन गर्यौ’ मगरले प्रहरीलाई दिएको वयानमा उल्लेख छ, ‘उनले (पीडित महिला) पनि मेरी श्रीमतीसँगै बसेर खानपिन गरेको याद छ ।'
त्यसपछि आफूले श्रीमतीलाई घर जान भनेको तर उनले एकछिन बस्ने बताएको जनकारी दिँदै उनले भने 'म घरतिर लागें । साँझ परिसकेको थियो । साँझको सबै काम सकेर घरमा गई खाना पकाईसकेपछि श्रीमतीलाई देखिन । वल्लो पल्लो घर सबैतिर खोज्दा पनि भेटिएन । रातको ९ बजेतिर खाना खाई बाहिर बसेको थिएँ । छिमेकीले श्रीमती उनकै ९पीडित० घरमा गएको भन्ने कुरा बताए । घरमा जाँदा कोठामा ढोका लगाएको थिएन । एक महिला सुतिरहेकी थिईन् । श्रीमती जस्तो लाग्यो, सँगै ओछ्यानमा सुतें । श्रीमान श्रीमतीबीच हुने सबै सम्वन्ध भईसकेपछि किन अर्काको घरमा आएर सुतेको घर जाउँ भनेर हेर्दा श्रीमती नभई अरु नै पो परेछ ।’
उनले अगाडि भनेका छन्, ‘होहल्ला भयो श्रीमती पनि अर्काे कोठाबाट उठेर आईन । उनी (पीडित महिला) सुत्ने कोठामा मेरी श्रीमती सुतेकी रहेछ । उनी (पीडित) चाहिँ अर्को कोठामा सुतेकी रहिछन् । रात निकै छिप्पिसकेकाले त्यो मलाई होस नै भएन । मैले जानी जानी यस्तो कार्य गरेको हैन, म झुक्किएँ । तर पनि गल्ती गरेको छैन भन्दिन । सम्बन्धित निकायले जस्तो सजाय दिन्छ भोग्न तयार छु ।’
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक बाबुराम पोखरेलले वयानका क्रममा मगरले घट्ना स्वीकार गरेकाले जबर्जस्ती करणी अन्तर्गतको मुद्दा चलाइने बताउनुभयो ।
यो पनि पढ्नुहोस : मध्यरातमा श्रीमान नचिन्दा...