विराटनगर, जेठ ४ - सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ ।
दुर्घटनामा मोटरसाइकलमा रहेका २ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत ईटहरी ५ मा को १६ प ४६६२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७१ वर्षकी टंकदेबी नेपालको ज्यान गएको हो । नेपालको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाईकल चालक हाँसपोसा ३ का सञ्जय चौधरी र पछाडि बसेका हाँसपोसा ५ का अरुण चौधरी गम्भीर घाइते भएका छन् । घाइतेहरुको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको सुनसरी प्रहरीले जनाएको छ ।
fb