Headlines News :
fb
Home » » मेरो बेस्ट फ्रेन्ड र मुखौटा सरे

मेरो बेस्ट फ्रेन्ड र मुखौटा सरे

 काठमाडौ, जेष्ठ ४ - कहिले फिल्म नचलेर तनाव, कहिले चलेर तनाव । यतिबेला नेपाली फिल्मले आशालाग्दो व्यापार गरेपछि रिलिजको पर्खाइमा रहेका केही फिल्मले हलको समस्या देखिएपछि रिलिज डेट सार्न थालेका छन् ।

वर्षको सुरुआतदेखि नै फिल्म 'नाइँ नभन्नु ल २' ले व्यापारमा आधिपत्य जनाएपछि यसको असर अरू फिल्ममा पनि देखियो । चलिरहेको फिल्मले हल नछोडेपछि नयाँ फिल्मले थोरै हलमा खुम्चिएर रिलिज गर्नुभन्दा रिलिज डेट नै सार्नु बुद्धिमत्ता हुने ठाने । 'नाइँ नभन्नु ल २' पछि प्रदर्शनमा आएका दुई फिल्म 'कबड्डी' र 'नोभेम्बर रेन' ले पनि आशालाग्दो व्यापारलाई निरन्तरता दिएपछि यतिबेला दुई फिल्म 'मेरो बेस्ट फ्रेन्ड' र 'मुखौटा' ले रिलिज मिति दुई सातापछि सारेका छन् ।

प्रशन्न पौडेल निर्देशित फिल्म 'मेरो बेस्ट फ्रेन्ड' वैशाख २६ मा रिलिज डेट तोक्दै प्रचारप्रसारमा उत्रे पनि अन्तिम समयमा आएर जेठ ९ मा सरेको छ । निर्माण पक्षले फिल्म वितरककै सल्लाहमा फिल्मको रिलिज पछि सारिएको बताए । पि्रयंका कार्कीको डेब्यु फिल्मसमेत रहेको 'मेरो बेस्ट फ्रेन्ड' लामो समयको पर्खाइपछि रिलिजमा आउन लागेको हो । फिल्ममा रेश मरहठ्ठा, दिवस उप्रेतीको पनि अभिनय रहेको छ ।

त्यसैगरी, स्टारहरूको बाढी नै रहेको फिल्म 'मुखौटा' ले जेठ १६ को रिलिज डेटलाई दुई सातापछि सार्दै जेठ ३० मा पुर्‍याएको छ । फिल्म निर्माण पक्षले तयारी अपुगको कारण जनाए पनि फिल्म रिलिजको टाइट सेड्युलको प्रभाव प्रमुख रहेको ठानिएको छ । जेठ ९ मा अर्को बहुप्रतीक्षित मानिएको फिल्म 'हँसिया' सँगै 'मेरो बेस्ट प|mेन्ड' पनि रिलिज हुने भएपछि अर्को साता रिलिज हुने फिल्मका लागि हल नपाउने भय छ । यही भयलाई टार्न र दुई फिल्मलाई दुई साताको व्यापारका लागि पनि यतिबेला 'मुखौटा' ले मैदान फराकिलो पारिदिएको हो । अर्पण थापाको डेब्यु निर्देशन रहेको फिल्ममा राजेश हमालदेखि सौगात मल्ल, दयाहाङ राई, सुनील थापा, रविन तामाङ, अर्पण थापा, निशा अधिकारी लगायतको मुख्य अभिनय छ । तस्करी, माफियाका विषयमा केन्दि्रत उक्त मल्टिस्टारर फिल्मले नयाँ रिलिज डेटलाई ध्यान दिँदै प्रचारप्रसार थाल्ने बताएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar