अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टी कार्यक्रमका लागि नेपाल सरकारले सरकारी सम्मान दिने भएको छ।
सोमबार बिहान उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले श्रेष्ठलाई राष्ट्रिय सम्मान दिने बताएका हुन्। गौतमका अनुसार राज्यका तर्फबाट प्रहरीको एक टुकडीले शोक धुनसहित सलामी अर्पण गरेर श्रीकृष्णको अन्तिम विदाई गर्नेछ।
गृहमन्त्री बामदेव गौतमले राजकीय सम्मान राजनीतिज्ञलाई मात्र दिईने परम्मरा भएकाले श्रीकृष्णलाई दिईएको राष्ट्रिय सम्मानलाई राजकीय बराबरकै सम्मानको रूपमा बुझ्न कलाकारलाई अनुरोध गरेका थिए।
फिल्मकर्मीहरुलाई सिहंदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर उक्त निर्णयको जानकारी गराएका हुन।
यसैगरी सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले पनि श्रीकृष्णको सम्मानमा कमि नगर्न चलचित्र बिकास बोर्डलाई निर्देशन दिइसकेका छन्।
मन्त्री रिजालले बिहानै पुलचोकस्थित क्वार्टरमा फिल्मकर्मीलाई भेटेर श्रद्धाञ्जली कार्यक्रममा आफै उपस्थित हुने बताएका थिए।
भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएका श्रीकृष्णको पार्थिव शरीर दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइने भएको छ।
विमानस्थलबाट उनको पार्थिव शरीरलाई एयरपोर्टबाट सिनामंगल, तिनकुने, नयाँ बानेश्वर, माईतिघर सिंहदरबार पुतलीसडकहुँदै कमलादीस्थित प्रज्ञा प्रतिष्ठान श्रद्धाञ्जली लागि राखिने कार्यक्रम रहेको छ।
श्रेष्ठको आजै साढे ५ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने छ।