श्रीनगर: काश्मिरको भारत पाकिस्तान सीमा क्षेत्रमा रहेका सीमा सुरक्षा बलबीच सोमबार गोली हानाहान भएको छ । उनीहरुले एक आपसमा गोली हानेका बताइएको छ । सोमबार बिहान भएको सो घटनापछि यसमा भएको क्षतिको बारेमा भने केही बताइएको छैन ।
एकजना भारतीय अधिकारीले प्रारम्भिक रुपमा प्राप्त भएको खबर भन्दै दिएको जानकारीअनुसार सो भिडन्तबाट भारतपक्षका दुई जना सीमा सुरक्षा गार्ड र दुई जना सर्वसाधारण सामान्य घाइते भएका छन् । त्यस्तै पाकिस्तानी अधिकारीले भने भारतीय पक्षबाट भएको सो गोली प्रहारबाट एकजना पाकिस्तानी महिला मारिएको जनाएका छन् ।
उनीहरुले भारतीय पक्षले गोली प्रहार गरेको र त्यसमा परी अन्य केही सर्वसाधारण घाइते भएका पनि बताएका छन् । ती दुवै पक्षले एक अर्काका सैनिक पोष्टलाई लक्ष्य गरी आपसमा गोली प्रहार गरिरहेका बताइएको छ । सोमबार बिहानैदेखि सो गोली हानाहान जारी रहेको छ । - रासस/सिन्ह्वा