Headlines News :
fb
Home » » विवाह अगाडि यस्तो गलत काम नगर्नुस् नत्र…

विवाह अगाडि यस्तो गलत काम नगर्नुस् नत्र…

(एजेन्सी) : विवाह हरेक व्यक्तिका लागि एउटा रमाईलो सपना हुन्छ । सबैको चाहना हुन्छ की विवाहपछि उनको जीवन प्रेम र आनन्दले भरिन्छ । तर बदलिँदो सामाजिक परिस्थितिमा वैवाहिक जीवनमा आपसी मतभेद र एक अर्कालाई धोका दिने कुरा पनि निकै धेरै हुने गरेको छ । यस्तो अवस्थाबाट छुटकारा पाउनका लागि एउटा कुरामा ध्यान दिनु निकै नै आवश्यक हन्छ ।

विवाहको कुरा जब उठ्छ, तब विवाह गर्नका लागि तयार भएका दुईबीच के समझदारी बन्न सक्छ र उनीहरू एक अर्कामा सहयोगी बन्न सक्छन् । अर्थात् केही दुई जनाबीच लामो समयसम्म सम्बन्ध रहन्छ र उनीहरू एक अर्काका पूरक हुन सक्छन् भने विषयमा जान्नु आवश्यक हुन्छ । यसका लागि ज्योतिषशास्त्रमा कुण्डलीको मिलान गर्ने गरिन्छ ।

कुण्डली मिलान गराउँदा वरवधुको कुण्डलीमा तलाक, वियोग, जेल यात्रा, धन अभावको योग कस्तो छ भनेर जान्नु राम्रो हुन्छ । यस्तै, वरवधुको सन्तान र स्वास्थ्यको स्थिति कस्तो हुन्छ त्यो पनि हेर्नु र जान्नु राम्रो हुन्छ । यी सबै जानेपछि कुण्डलीमा मांगलिक योगको समेत विचार गर्नुपर्छ ।यी दिनहरूमा मानिसहरू ग्रह र नक्षत्रहरूको खेललाई वेवास्ता गर्दा दुःख पाउँछन् ।

यदी यी कुरालाई विचार गर्न सके वैवाहिक जीवन सहज र सुखमय हुन्छ । यस्तै, केही मानिसहरूले आफूलाई सम्बन्ध राम्रो हुन्छ भन्ने लागे आफ्नो तर्फबाट उनीहरूसँग मिल्ने खालको नक्कली कुण्डली बनाएर विवाह गर्ने समेत गर्छन् । तर जब विवाह हुन्छ यसले वरवधु दुवैको जीवनमा सुःख र आनन्दको अभाव रहन्छ ।

यस्तै, अर्को गल्तिपनि धेरैले गर्ने गरेको गल्ति हो । कुण्डलीमा ग्रह दोष देखिए ज्योतिषीका अनुसार केही काम गरेर उक्त ग्रह दोष हट्ने मानिन्छ । तर, मूल ज्योतिषशास्त्रमा यस्तो विषयमा कुनै उपाय देखाएको छैन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar