काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि हप्ताको ६० घन्टा लोडसेडिङ हुने जनाएको छ। सिन्धुपाल्चोकको जुरेमा पहिरोले सुनकोशी जलविद्युत् केन्द्रको ड्याम तथा प्रसारण लाइन क्षतिका कारण लोडसेडिङ बढेको हो।
'जुरेमा गएको भिषण पहिरोबाट प्रसारण लाइन तथा सुनकोशी जलविद्युत् केन्द्रको ड्याम क्षति हुन गइ करिब ६७ मेगावाट विद्युत सप्लाइ अवरुद्ध' भएको प्राकिरणले जनाएको छ।
नयाँ लोडसेडिङ तालिका
हेटौंडा, मारुती, सोनापुर, घोराही, उदयपुर, निगाले, शिवम सिमेन्ट तथा एभरेष्ट पेपर मिलको हकमा हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ। ६६ केभीबाट सप्लाइ भएका औद्योगिक ग्राहकको हरेक दिन २ बजेदेखि राति ११ बजेसम्म लोडसेडिङ हुनेछ। त्यसैगरी ३३ केभीबाट सलाइ भएका औद्योगिक ग्राहकहरुको हकमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ। ११ केभीबाट सप्लाइ भएका ग्राहकहरु तथा डेटिकेटेड फिडरबाट सप्लाइ भएका ग्राहकहरुको हरेक दिन बेलुकी ७ देखि बिहान ५ बजेसम्म लोडसेडिङ हनेछ।
प्राधिकरणले नेपाल सरकारको औद्योगिक क्षेत्रको हकमा बेलुकी ७ बजेदेखि राती २ बजेसम्म लोडसेडिङ हुने जनाएको छ।
प्राधिकरणले यसअघि नै लम्की लगायत पश्चिम क्षेत्रको हकमा स्थानीय रुपमा लोडसेडिङ सूचना प्रकाशित गरी लागू गरिसकेको छ।
दुहबी र अनारमनी सबस्टेशनबाट सप्लाइ हुने ग्राहकको लोडसेडिङ तालिका