Headlines News :
fb
Home » » १३ वर्षीय अनिलको क्रिकेटमा कमाल (फोटोफचिर)

१३ वर्षीय अनिलको क्रिकेटमा कमाल (फोटोफचिर)

 काठमाडौं : एसीसी यू १६ प्रिमियर लिग क्रिकेटअन्तर्गत शनिबार ओमनविरुद्धको खेलमा नेपालका १३ वर्षीय खेलाडी अनिल खरेलले अविश्वासिलो प्रदर्शन गर्दै ६ विकेट लिएका छन्।

नेपालले पहिले ब्याटिङ गर्दै एक सय ६४ रन बनाएको थियो। जबाफी ब्याटिङमा ओर्लिएको ओमनले गतिलो सुरुआत गर्दै कुनै विकेट नगुमाई ४९ रन बनाइसकेको थियो। त्यसपछि बलिङ गर्न आएका अनिलले कमालको बलिङ गर्दै ६ विकेट लिएर ओमनका ब्याट्सम्यानलाई एकपछि अर्को गर्दै पेभेलियन फर्काए।

अनिलले ६ विकेट लिएपछि ओमनको टोली पूर्ण रूपमा दबाबमा पर्दै केवल १३ रन थपेर ६२ रनमा अलआउट हुन पुग्यो। खेलमा नेपाल एक सय दुई रनले विजयी भयो।

अनिलले आठ ओभरमा १६ रन खर्चेर ६ विकेट लिएका थिए। उनले पाँच वाइडसमेत फालेका थिए। सहायक प्रशिक्षक राजु बस्नेतले अतिरिक्त रन दिने बानीमा सुधार ल्याउन सके उनी भविष्यमा उत्कृष्ट स्पिनर बन्ने बताए। राजु आफैं पनि राष्ट्रिय टोलीका पूर्वस्पिनर हुन्।

भैरहवाका बायाँहाते 'अर्थोडक्स' स्पिनर अनिलको बलिङ लोभलाग्दो रहेको नेपाली युवा टोलीका प्रशिक्षक वसन्त शाही बताउँछन्। नेपाली सिनियर टोलीमा लामो समयदेखि रहँदै चर्चा कमाएका शक्ति गौचन र वसन्त रेग्मी पनि बायाँहाते अर्थोडक्स स्पिनर हुन्।

संयोग नै मान्नुपर्छ, शक्ति र वसन्त दुवै भैरहवाकै खेलाडी हुन्। अनि यी दुवै खेलाडी अनिलका सबैभन्दा बढी मन पर्ने नेपाली क्रिकेटर पनि हुन्।

अनिल हाल भैरहवास्थित एपेक्स स्कुलमा आठ कक्षामा अध्ययनरत छन्। राष्ट्रिय क्रिकेट टोलीका इन्दु बर्मा र प्रतीक्षा बस्याललगायत खेलाडीसमेत सोही विद्यालयमा अध्ययन गर्ने भएकाले पनि अनिलको बलिङले खारिने अवसर पायो।

गत वर्ष भैरहवाको टोली र भारतको स्थानीय टोलीबीच खेलिएको यू १२ टीट्वेन्टी शृंखलामा प्लेयर अफ द सिरिज घोषित भएपछि अनिलमाथि क्रिकेट प्रशिक्षकका आँखा पर्न थालेका थिए।










Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar