काठमाडौं, भाद्र २ । ईराकमा इस्लामिक विद्रोहीले कब्जामा लिएको मोसूल बाँध सरकारी सुरक्षावलले आफ्नो नियन्त्रणमा ल्याएको दावी अधिकारीहरुले गरेका छन् । कुर्द अधिकारीहरुका अनुसार सैनिकले बाँधमाथि फेरि आफ््नो नियन्त्रण जमाएका हुन् ।
इराककै सबैभन्दा ठूलो सो बाँध गत साउन २२ गतेदेखि इस्लामिक विद्रोहीको कब्जामा थियो । अमेरिकी हवाई आक्रमणको मद्दतमा कुर्द सैनिकले मोसूल बाँधमा ठूलो आक्रमण गरेका थिए ।
त्यस क्रममा अमेरिकी लडाकू विमान र ड्रोनले विद्रोहीको केन्द्रहरुमा १४ वटा हवाई हमला गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणबाट आईएसले प्रयोग गर्ने दर्जनौं गाडीहरु ध्वस्त भएका छन् ।
उत्तरी इराक र सिरियाको केही भाग मिलाएर सुन्नी समर्थित इस्लामिक अतिवादीहरुले इस्लामिक राज्यको घोषणा गरेका छन् । उनीहरुको आततायी हर्कतका कारण उत्तरी इराकमा थुप्रै अल्पसंख्यक आदिवासीहरु मारिएका छन् भने लाखौं पलायन भएका छन् ।
fb
Home »
अन्तराष्ट्रिय
» इराकमा विद्रोहीको कब्जामा रहेको मोसुल बाँध फेरि सरकारी नियन्त्रणमा
इराकमा विद्रोहीको कब्जामा रहेको मोसुल बाँध फेरि सरकारी नियन्त्रणमा
Labels:
अन्तराष्ट्रिय