काठमाडौ, साउन १९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा सोमबार विहान पशुपतिनाथको विशेष पूजा गर्नुभयो ।
पाइजामा र चप्पल लगाएर उहाँ पशुपति पुग्नुभएको थियो । मन्दिरभित्र छिर्दा खाली निधार रहेका उहाँले निस्कँदा चन्दन र गलामा रुद्राक्ष लगाउनुभएको थियो । मोदीले भेटी स्वरुप मन्दिरमा २५ सय किलो चन्दन अर्थात श्रीखण्ड पनि चढाउनुभयो ।
पूजापाठमा रुद्राक्ष र चन्दलाई उत्तिकै महत्वको रुपमा लिइन्छ । हाम्रा घर–मन्दिरमा घोटेर लेपको टीका लगाइने सामान्य चन्दनलाई हामी सेतो चन्दन वा श्रीखण्ड भन्दछौँ । अङ्ग्रेजीमा यसलाई 'स्याण्डल उड' भनिन्छ। अहिले चर्चामा रहेको रक्तचन्दनलाई पनि अङ्ग्रेजीमा अगाडि 'रेड' थपेर त्यसै भनिन्छ। चन्दनको वैज्ञानिक नाम स्यान्टालम अल्बमु। 'सान्टाक्लज' भनेजस्तै पिता वा परमेश्वरको आदर बोकेको यस बिरुवालाई 'स्यान्टालम' र यसको सेतो प्रजातिलाई 'अल्बम' भनिएको हो । यसको सुगन्धित तेलको रासायनिक नाम 'स्यान्टालोल' छ । पुरानो ग्रन्थमा श्रीखण्डलाई 'स्यान्टल उड' नै भनिएको छ। तर कालान्तरमा अङ्ग्रेजी अपभ्रंशले 'स्याण्डल' बनाएर हेय भावार्थ दियो। नेपालमा
यदाकदा चन्दनको खेती गरेको पाइए पनि श्रीखण्ड चन्दन वा रक्तचन्दन हाम्रा रैथाने बिरुवा हैनन् । यी नेपालमा पाइँदैनन् । नेपाली विकिपिडियामा उल्लेख भए अनुसार रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो । यो फल (रुद्राक्ष) एक मुखे देखि २७ मुखेसम्म भएको बिश्वास गरिन्छ । यो संस्कृतको रुद्र र अक्ष बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ । नेपाली शब्दसागर शब्दकोषमा रुद्राक्ष शब्दलाई 'लामा–लामा हरिया केशर हाँगामा – फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फलू भनेर परिभाषित गरिएको छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महादेवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ ।
रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए । यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो । 'रुद्राक्ष रहस्य' नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ । धार्मिक विश्वाश अनुसार एकमुखी रुद्राक्ष भगवान शिव, द्विमुखी श्री गौरीशंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पंचदेव, षष्ठमुखी भगवान कार्तिकेय, सप्तमुखी प्रभु अनंत, अष्टमुखी भगवान श्री गेणश, नवममुखी भगवती देवी दुर्गा, दसमुखी श्री हरि विष्णु, तेरहमुखी श्री इंद्र तथा चौदहमुखी स्वयं हनुमानजीको रूप मानिन्छ ।
यस्तै शिव पुराणमा उल्लेख भएअनुसार विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ । अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ । बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ । लालगेडी आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ । रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् । पश्चिम नेपालको कास्की, स्याङ्जा, पाल्पा गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा र धनकुटामा बढी पाइन्छ । नेपाललगायत भारत, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइएका छन् ।
रुद्राक्षको नाम र त्यसको उपयोग
एकमुखे रुद्राक्ष स्यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्रि, पूणिर्मा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।
द्विमुखी रुद्राक्ष स्सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुप ।
त्रिमुखी रुद्राक्ष स्ऐश्वर्य प्रदान गर्ने ।
चतुर्थमुखी रुद्राक्ष स्धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने ।
पंचमुखी रुद्राक्ष स्सुख प्रदान गर्ने ,सन्तान सुख।
षष्ठमुखी रुद्राक्ष स्पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने ,भगवान कार्तिकेय को स्वरुप।
सप्तमुखी रुद्राक्ष स्दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप।
अष्टमुखी रुद्राक्ष स्श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने ।
नवममुखी रुद्राक्ष स्भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु भय बाट मुक्त गर्ने ।
दसमुखी रुद्राक्ष स्विष्णु को स्वरुप्, शान्ति तथा सौन्दर्य प्रदान गर्ने ।
एघार मुखी रुद्राक्षस्भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने ।
बाह्र् मुखी रुद्राक्ष स्भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने ।
तेह्र् मुखी रुद्राक्ष स्इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने ।
चौध मुखी रुद्राक्ष स्हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।
रुद्राक्ष नेपालको अतिरिक्त, बर्मा, इङ्गल्याण्ड, बंगलादेश तथा मलेशियामा समेत अत्यधिक पाइने गर्दछ । भारतको बिहार, बंगाल, मध्य प्रदेश, आसाम तथा महाराष्ट्र पनि पाइन्छ । विद्वानहरुको भनाई रहेको छ रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राणको नियमन भै कैयौ प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ ।
यस्को माला लगाउनाले हृदयविकार तथा रक्तचाप आदि रोगहरुमा विशेष लाभ हुन्छ । यस्को बोट १८–२० मीटर सम्म अग्लो हुने र सदाबहार रहने गर्दछ । यस्को फल गोलाकार,१.३–२ सेमी व्यास तथा काँचो अवस्थामा हरियो रङ्गको हुन्छ । यस्को बीजलाई रुद्राक्ष भनिन्छ । यस्को पुष्पकाल तथा फलकाल फेब्रुअरी देखि जुन सम्म हुन्छ । रुद्राक्षका केही औषधीय गुणहरु निम्नानुसार छन् :
रुद्राक्षको शरीरमा स्पर्शले उत्तेजना, रक्तचाप तथा हृदय रोग आदिलाई नियंत्रित गर्दछ ।
रुद्राक्षलाई पिंधेर महको साथमा लगाउँनाले दादमा लाभ हुन्छ ।
रुद्राक्षलाई पिंधेर दुधको साथमा अनुहारमा लगाउँनाले अनुहारको डण्डिफोर नष्ट हुन्छ ।
रुद्राक्षको फललाई पिंधेर लगाउँनाले दाह ९जलन० मा शान्ति हुन्छ। सितलता प्राप्त हुन्छ ।
यदि बच्चाको छातिमा कफ जमेको छ भने रुद्राक्ष घोटेर महमा मिलाएर ५–५ मिनट को अन्तरालमा रोगी बच्चालाई चटाउनाले उल्टीद्वारा कफ निस्कन्छ र बच्चालाई एकछीनमा निको महसुस हुन्छ ।