Headlines News :
fb
Home » , » लिबियामा अलपत्र परेको १ सय २६ नेपालीद्वारा उद्दारको आग्रह

लिबियामा अलपत्र परेको १ सय २६ नेपालीद्वारा उद्दारको आग्रह

काठमाडौं, साउन १९ - लिबियाको द्वन्द्वमा फसेका १ सय २६ जना नेपालीले उद्दारका लागि आग्रह गरेका छन् ।
लिबियाको सिरतबाट फोनसम्पर्क गरी सुनसरीका गोपाल धमलाले नेपालीहरुको अबस्था अत्यन्त नाजुक भएको बताउँदै छिटोभन्दा छिटो उद्दारको पहल गरिदिन अनुरोध गर्नुभएको हो ।
सिरतको एक कम्पनीमा काम गरिरहेका आफूहरुलाई कम्पनी बन्द भएपछि क्याम्प छोड्न दबाब आइरहेको धमलाले जानकारी दिनुभयो । दुई दिनदेखि केही पनि खान नपाएको र सबै नेपालीको साथमा केही पनि कागजपत्र नभएको उहाँको भनाई छ ।

क्याम्प बाहिर निस्कँदा स्थानीय आदिवासीले आक्रमण गर्ने भएकाले नेपाली त्रासमा रहेको धमलाले बताउनुभयो । क्याम्पबाट निस्कन दबाब आइरहेकाले छिटो उद्दारको पहलका लागि इजिप्टमा रहेको नेपाली दुतावासमा अनुरोध गरिएको र एक हप्तासम्म केही गर्न नसकिने दुतावासले पाएको उहाँले बताउनुभयो ।
त्यस्तै नेपाली कामदारहरुको पासपोर्ट रोजगारदाता(कन्ट्रयाक्टर) ले राखेको र माग्दा पनि नदिएको धमलाले फोनमा उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । पीडित कामदारहरुले पठाएको ई–मेलमा पनि अरु देशका कामदारलाई सम्बन्धित सरकारले उद्दार गरिरहेको भन्दै नेपाली कामदार भने कोहि छिमेकी मुलुकमा शरण लिन पुगेका र कोहि लिवियामै खराब अबस्थामा रहेको उल्लेख छ ।
अलपत्र नेपालीहरुले नेपाल सरकार, पत्रकार, मानवअधिकारकर्मी लगायतका संघसंस्थालाई उद्दारमा सहयोग गर्न आग्रह गरेका छन् । श्रम तथा रोजगार मन्त्रालयका प्रबक्ता बुद्धिबहादुर खड्काले परिस्थिति बुझेर सरकारले उद्धारको काम थाल्ने बताउनुभयो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar