Headlines News :
fb
Home » » अफ्रिकी देशबाट आउनलाई बिमानस्थलमा निगरानी, इबोला रोकथामको पूर्वतयारी

अफ्रिकी देशबाट आउनलाई बिमानस्थलमा निगरानी, इबोला रोकथामको पूर्वतयारी

काठमाडौ, श्रावण २७ - पश्चिमी अफ्रिकी देशमा फैलिएको रोग इबोलाको रोकथामको लागि सरकारले पहल थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले इबोलालाई जनस्वास्थ्यको लागि आपतकालीन स्थिति घोषणा गरेको छ ।

मन्त्रिपरिषद् कार्यालयका सचिव शान्ताराज सुवेदीको संयोजकत्वमा बसेको वैठकले शंकास्पद यात्रुको परीक्षणको लागि त्रिभुवन बिमानस्थलमा एक जना चिकित्सकसहितको स्वास्थ्य परीक्षण डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।

पश्चिम अफ्रिकामा इबोला भाइरसको महामारी नियन्त्रणबाहिर गइसकेको भन्दै डब्लूएचओले मार्चमा गिनीबाट सुरु भएर सियरा लियोन, लाइबेरिया, नाइजेरियामा यो फैलिसकेको जनाएको छ। यसले ९ सय ३२ जनाको ज्यान लिइसकेको छ। हजारौं प्रभावित छन्।

मन्त्रिपरिषद् कार्यालयमा आज भएको वैठकमा अर्थ, स्वास्थ्य, गृह, नागरिक तथा उड्ययन मन्त्रालय र स्वास्थ्य सेवा विभागका अधिकारीहरु सम्मिलित थिए । इबोला भाइरसको रोकथामको पूर्व तयारीस्वरुप बिमानस्थलमा  स्वास्थ्य मन्त्रालयले नागरिक उड्ययन मन्त्रालयको समन्वयमा स्वास्थ्य डेस्क स्थापना गर्ने भएको हो ।

वैठकले रोगको संक्रमण देखिएका मुलुकबाट आउने यात्रुको वीर अस्पतालमा र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल परीक्षण गराउने निर्णय गरेको छ । स्वास्थ्य परीक्षण डेस्क तत्काल स्थापना गर्ने वैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।

के हो इबोला ?

सन् १९७६ मा पहिलो पटक कंगोको इबोला नदी नजिकको गाउँ र सुडानको दुर्गम क्षेत्रमा यो भाइरस देखिए पनि यसको उत्पत्तिस्थल अज्ञात छ। हालसम्म भेटिएका प्रमाणअनुसार इबोला भाइरस चमेरोको शरीरमा भेटिएको छ।

डब्लूएचओका अनुसार इबोला भाइरस मुख्य रूपले इबोला हेमोरेजिक फिभर हो। यो पानी वा हावाको माध्यमले फैलिँदैन। संक्रमित व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थहरू र्याल, रगत, दिसा, पिसाब, पसिना, बिर्य, योनिरस, यौनसम्बन्ध वा इबोला संक्रमित शवलाई राम्ररी व्यवस्थित नगर्दा सर्छ।

भाइरस शरीरमा प्रवेश गरेको दुईदेखि २१ दिनमा ज्वरो, घाँटीमा खसखस, मांसपेशी र टाउको दुख्ने, शरीरमा विभिन्न प्रकारका धब्बा देखिने, वाकवाकी लाग्ने, पखाला हुनेजस्ता लक्षण देखिन थाल्छ।

यसले मृगौला र कलेजोलाई प्रभावित गर्नुका साथै केहीमा आन्तरिक र बाह्य रक्तस्रावको समस्यासमेत देखिन्छ। कुनै उपचार वा खोप नभएको यो रोगको मृत्यु दर ९० प्रतिशतसम्म छ।

यो रोगबाट निको भए पनि कम्तीमा ४९ दिनसम्म शारीरिक सम्बन्ध राख्नु हुँदैन।

प्रकाशित मिति: २०७१ श्रावण २७ ०८:१३ 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar