Headlines News :
fb
Home » » चरीको उजुरी लिन प्रहरीले मानेन

चरीको उजुरी लिन प्रहरीले मानेन

काठमाडौं : प्रहरी मुडभेडमा मारिएका भनिएका गुण्डा नाइके दिनेश अधिकारी (चरी) को हत्या भएको भन्दै उनका आफन्तले प्रहरी विरूद्ध नै दिन खोजेको उजुरी मंगलबार महानगरीय प्रहरी परिसर हनुमानढोकाले अस्वीकार गरेको छ।

सरकारवादी मुद्दामा एउटै घटनामा दुईवटा उजुरी लिन नमिल्ने भन्दै प्रहरीले अस्वीकार गरेको हो। परिसरका प्रमुख एसएसपी उत्तम कार्कीले भने,' सरकारवादी मुद्दा हो, हामीले अनुसन्धान गरिरहेका छौं, एउटै घटनामा दुई वटा उजुरी आवश्यक छैन, त्यही भएर लिईएन।'

चरीका आफन्तले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख पुष्कर कार्की, डिएसपी मिरा चौधरी प्रहरी निरिक्षक कुमुद ढुंगेल लगायतका विरूद्धको जाहेरी दिन पुगेका थिए। चरीका दाजु ध्रुब अधिकारी आफैं हनुमानढोका पुगेका थिए।
चरीका आफन्तले सरकारले छानविन समिति बनाएर घटना अनुसन्धान नगरेसम्म चरीको शव नबुझ्ने अडान लिएका छन्। चरीका दाजु धुव्रले प्रहरीले उजुरी लिन नमानेपछि आफूहरू सर्वोच्च अदालत र मानवअधिकार आयोज जाने तयारीमा रहेको बताए।

उजुरी दिने समयमा चरीकी प्रेमीका खुस्बु ओली भने गएकी थिईनन्। चरीका आफन्तले चरीको हत्या भएको भन्दै छानविन समिति बनाएर अनुसन्धान नगरेसम्म चरीको शव नबुझ्ने अडान लिएका छन्। चरीको शव महाराजगंज स्थित त्रिभुवन शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar