काठमाडौं, साउन २७ मिडियाकर्मीद्वय सुरज गिरी तथा साहना वर्जाचार्यले आफूविरुद्ध सञ्चारमाध्यममा आएको सामाचारको खण्डन गरेका छन् । आज दुवैले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आफूहरु कुनै अनुचित कार्य नगरेको प्रस्ट पारेका छन् । चितवनमा व्यवसायिक कामको सिलसिलामा पुगेर साउन १२ गते फर्कने क्रममा कुनै अनुचित क्रियाकलाप भन्दा पनि गिरीले मापसे सेवन गरेको कारण प्रहरी कारवाहीमा परेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तीमा चितवनको टाँडीमा पंचर भएको टायर फेर्ने क्रममा प्रहरी आएको र परिक्षण गर्दा सुरज गिरीले मापसे गरेको हुँदा कारवाही गरिएको बताइएको छ । यस विषयमा प्रनाउ शान्तिराम कोइरालाले एभिन्युज टेलिभिजनमा दिएको बयानले पनि आफूहरुले कुनै अनुचित क्रियाकलाप नगरेको पुष्टि हुने विज्ञप्तिमा भनिएको छ । उनीहरुले समाचारले आफूप्रति पुर्याएको क्षतिको कानुनी उपचार खोज्ने पनि बताएका छन् ।
fb