काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले अन्तिम श्रम स्वीकृति पाएको एक सातापछि मात्र विदेश उड्न पाउने व्यवस्था लागू गर्ने भएको छ। अभिमुखीकरण तालिम नलिई विदेश जाने क्रम नियन्त्रण गर्न श्रम स्वीकृति पाउनेबित्तिकै विदेश गइहाल्ने प्रवृत्ति रोक्न खोजिएको हो।
अहिले अन्तिम स्वीकृति लिनासाथ कामदार विदेश जान पाउँछन्। अन्तिम स्वीकृति पाएपछि पनि एक सातासम्म स्वदेशमै बस्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएपछि सोही अवधिमा भए पनि बिदेसिने व्यक्तिले आफूले गर्नुपर्ने कामसम्बन्धी जानकारी लिन सक्ने ठम्याइ सरकारको छ।
विदेशमा गएर गर्नुपर्ने कामको सामान्य तालिम, सम्बद्ध मुलुकको ऐनकानुन, सामाजिक तथा सांस्कृतिक पक्षका बारेमा जानकारी राख्नका लागि जाने व्यक्तिले कम्तीमा एक साता मुलुकभित्रै बस्नुपर्ने निष्कर्षमा सरकार पुगेको हो।
अहिले अधिकांश कामदार जाने लगभग निश्चित भएपछि मात्र अभिमुखीकरण तालिमप्रदायक संस्थामा गएर प्रमाणपत्र किन्ने गर्छन्। अन्तिम स्वीकृति पाउनासाथ उनीहरू विदेश उडिहाल्छन्। अन्तिम स्वीकृति दिनुअघि तालिम लिएका प्रमाणपत्र पेस गर्नुपर्ने भए पनि ग्रामीण क्षेत्रबाट राजधानी आउने अधिकांशले तालिम लिएका हुँदैनन्। किनेर वैदेशिक रोजगार विभागमा पेस गर्ने गरेका छन्।
विदेशमा पुगेर गर्नुपर्ने कामको सामान्य तालिम, सम्बद्ध मुलुकको ऐनकानुन, सामाजिक तथा सांस्कृतिक पक्षका बारेमा जानकारी लिन जाने व्यक्ति श्रम स्वीकृति पाएको कम्तीमा एक साता मुलुकभित्रै बस्नुपर्ने निष्कर्षमा सरकार पुगेको हो।
अन्तिम स्वीकृति पाएका कामदार एक सातासम्म देशभित्रै रोक्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम डेस्कबाट अनुगमन गराउने तयारी गरिएको छ। अन्तिम स्वीकृति पाएपछि कामदार जति बेला पनि बिदेसिन सक्ने भएकाले श्रम डेस्कले अनुमति पाएको मिति अध्ययन गरी कामदारले तालिम लिएनलिएको वा एक सातासम्म बसेनबसेका बारेमा अनुगमन गर्नेछ।
वैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ देवकोटाले काम गर्न विदेश जाने व्यक्तिले सम्बद्ध मुलुकको सामाजिक, सांस्कृतिक पक्ष तथा कामका बारेमा जानकारी लिनका लागि श्रम स्वीकृति पाएको कम्तीमा एक सातासम्म मुलुकभित्रै बस्न आवश्यक रहेको बताए। 'विभागले अन्तिम स्वीकृति दिएको एक सातासम्म कामदार विदेश उड्न नपाउने व्यवस्था गर्न आवश्यक अध्ययन भइरहेको छ। छिट्टै यो व्यवस्था कार्यान्वयनमा ल्याइनेछ', उनले भने।
बिदेसिने अनुमति पाएपछि एक सातासम्म बस्नुपर्ने व्यवस्था अभिमुखीकरण तालिम प्रभावकारी होस् भनेर लागू गर्न खोजिएको विभागका अधिकारी बताउँछन्। श्रम तथा रोजगार मन्त्रालयले अभिमुखीकरण तालिम प्रभावकारी बनाउन तालिम दिने संस्थामा अनिवार्यरूपमा सीसीटीभी जडान गर्नुपर्ने व्यवस्थासमेत गरेको छ। यसले पनि अबदेखि तालिम प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
वैदेशिक रोजगार व्यवसायीले भने अन्तिम स्वीकृति पाएको एक सातापछि मात्रै जान पाउने व्यवस्था व्यावहारिक नहुने दाबी गरेका छन्। 'कामदार उड्ने अघिल्लो दिनसम्म अन्तिम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा ताकेता गरिरहनुपर्ने बाध्यता छ। यस्तो अवस्थामा एक सातासम्म रोक्न सम्भव हुँदैन', एक व्यवसायीले भने।
हाल एक सय हाराहारीमा अभिमुखीकरण तालिम दिने संस्था छन्। सरकारले यस्ता तालिमप्रदायक संस्थालाई धमाधम अनुमति दिइरहेको छ। अधिकांश संस्थामा आवश्यक न्यूनतम भौतिक पूर्वाधारसमेत छैन। सरकारले नियमन पनि गर्न सकेको छैन। सरकारी नियमन फितलो भएकाले अभिमुखीकरण तालिम दिन खुलेका संस्थाले तालिम नै नदिई भटाभट प्रमाणपत्र बिक्री गर्ने मौका पाएका हुन्।