Headlines News :
fb
Home » » महावीर पुनलाई २० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार

महावीर पुनलाई २० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार

म्याग्दी:  म्याग्दीको राम्चे गाविस–२ नांगीका महावीर पुनले २० हजार डलर नगद राशिको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । नेपालका दुर्गम र विकट ग्रामिण वस्तीमा ताररहित इन्टरनेट विस्तार गर्न क्रियाशील रहेकोमा इन्टरनेट सोसाइटीले यस वर्षको (जोनाथन बी पोष्टल अवार्ड) प्रदान गरेको हो ।

क्यानाडाको टोरोन्टोमा सञ्चालन भएको इन्टरनेट ईन्जिनियरिङ टाक्सफोर्सको ९० आँै सम्मेलनका अवसरमा पुनलाई २० हजार अमेरिकी डलर र उक्त सम्मान उपलब्ध गराइको सोसाईटीले आफ्नो वेभ साइटमार्फत सार्वजनिक गरेको छ । जुलाई २० देखि सुरु भएको सम्मेलन भोलि जुलाई २५ मा सम्पन्न हँुदैछ । दुर्गम पहाडी क्षेत्रमा डिजिटल साक्षरताको विकास र सूचना प्रविधिको विकासका लागि क्रियाशील रहेकाले पुनलाई उक्त पुरस्कार प्रदान गरिएको सोसाइटीले जनाएको छ ।

पुनले नेपाल वायरलेस नेटवर्क परियोजना स्थापना गरी सन् २००२ देखि म्याग्दीको नांगी गाउँबाट ताररहित इन्टरनेट सञ्जालको विस्तार गर्न सुरु गरेका थिए । पुनको प्राविधिक सहयोगमा हाल नेपालका १५ जिल्लाका करिब १७५ गाउँ ताररहित इन्टरनेट सञ्जालसँग जोडिएका छन् भने ताररहित इन्टरनेटको प्रयोगबाट म्याग्दीको हिस्तान, राम्चे, शिख, घारलगायतका गाविसमा पर्यटन प्रर्वद्धन, कृषि उपज र लद्युउद्यमीद्वारा उत्पादित सामानको बजारीकरण, टेलिमेडिसीन सेवा सञ्चालन गरिएको छ ।

यसअघि पुनले प्रसिद्ध रोमन म्यागासेस पुरस्कार प्राप्त गर्नुभएको थियो । अमेरिकाको नेब्रस्का विश्वविद्यालयबाट स्नाकोत्तर गर्नुभएका पुन ताररहित इन्टरनेट सञ्जालको विस्तारसँगै पर्यटन विकास एवम् वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील छन् । - रासस
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar