Headlines News :
fb
Home » » पशुपति शर्माको विवादास्पद गीत बन्द गर्ने घोषणा

पशुपति शर्माको विवादास्पद गीत बन्द गर्ने घोषणा

८ साउन, काठमाडौं । लोकगायक पशुपति शर्माले ‘केको बाहुन, केको कामी, केको जनजाति’ बोलको आफ्नो तीज गीत बन्द गरेको घोषणा गरेका छन् ।  जनजाति र दलीय समुदायबाट गीतको चर्को विरोध भएपछि शर्माले यो गीतलाई कुनै पनि सञ्चार माध्यममा नबजाउने बताएका हुन् ।
शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्-तीजको गीतको मर्म र भावना कुनै समुदायप्रपति लक्षित होइन । तर, गलत प्रचार गरिएकाले बन्द गर्ने निर्णय गरेको छु ।’
गीतको केही शब्दप्रति आपत्ति जनाएको र हटाउन आग्रह गरेकाले सम्मान गर्दै गीत नबजाउने निर्णय गरेको शर्माले बताएका छन् ।
कुनै समुदाय र जातजातिको मानमर्दन गर्ने उद्देश्यले नभइ समाजिक कुरीतिविरुद्ध लक्षित भएको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar