Headlines News :
fb
Home » » सम्बन्ध विच्छेद गर्नेमा श्रीमान विदेशमा हुने जोडी धेरै

सम्बन्ध विच्छेद गर्नेमा श्रीमान विदेशमा हुने जोडी धेरै

लमजुङ, साउन १३ - सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर लगनगाँठो कसेपनि लमजुङमा कतिपयको लगनगाँठो छिन भरमै चुँडिने गरेको छ ।
एउटै रथका दुई पाङ्ग्रा भनिएका पति पत्नीबिच बेमेल भएपछि उन्पन्न हुने झगडाका कारण लमजुङमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको छ ।
जिल्ला अदालत लमजुङका अनुसार बर्षभरी पर्ने मुद्दामध्ये सवैभन्दा धेरै सम्बन्ध विच्छेदका रहेका छन् । नयाँ गाँसेका सम्बन्धको मात्रै नभएर ३/४ जना बालबच्चा भएकाहरुलेसमेत सम्बन्ध विच्छिेद गरेका छन् ।
आर्थिक बर्ष २०७०/०७१ मा लमजुङका ७२ जनाले सम्बन्ध बिच्छ्ेदका लागि जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । यसमा ६० वटा मुद्दा फछ्र्यौट भएका जिल्ला अदालतका न्यायाधीश दीपकराज पन्तले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०६९/०७० मा ७३ वटा मुद्दा सम्बन्ध विच्छे्दको लागि दर्ता भएको थियो । जिल्ला अदालत लमजुङमा गत आर्थिक वर्षमा २ सय ८४  थान मुद्धा परेकोमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका ७२ वटा मुद्दा रहेका थिए । अदालतमा विगत ४÷५ बर्षयता बर्षेनी ४० भन्दाबढी जोडीले सम्बन्ध बिच्छेद गर्दै आएका छन् । तर, २ बर्षयता भने यो संख्या बढेर ७० बढी पुगिसकेको छ ।
अदालतमा आएर मात्र होइन, अदालत नआईकन पनि कतिपयको व्यवहारिक रुपमा सम्बन्ध विच्छेद हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयमा समेत दैनिक रुपमा घरेलु हिंसाको उजुरी आउने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीमा आउने धेरै उजुरीहरु महिला सेलले मिलाउने गरेको र मिल्दै नमिलेकालाई मात्रै अदालतमा पठाउने गरिएको प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक अच्युतप्रसाद पुडासैनीले बताउनुभयो । बहुविवाह, प्रेम विवाहका साथै पत्नी र पतिबीच असमझदारीले बढी मात्रमा सम्बन्ध बिच्छेद हुने गरेको छ ।
श्रीमान विदेशमा हुने जोडी धेरै
श्रीमान् रोजगारीका शिलशिलामा लामो समय विदेशमा रहने र छोराछोरीलाई पढाउनका लागि गाउँघर छोडेर सदरमुकाम बेसीशहरलगायत प्रमुख शहरहरुमा बस्दै आएका जोडीहरुबिच धेरैमात्रामा सम्बन्ध बिच्छेद भएको पाइएको छ ।
कामका लागि वैदेशिक रोजगारीमा गएका श्रीमान् लामो समयसम्म नफर्कने, उसले रकम पठाईरहने र पछि श्रीमान् फर्कँदा कतिपय महिलाहरु परपुरुषसँगै जाने गर्नाले पनि सम्बन्ध विच्छेदको घट्ना बढ्दै गएको हो ।
यस्तै कतिपय पुरुषले आफूले कमाएको रकम लिएको गएको भन्दै आफ्नै श्रीमतीविरुद्ध समेत उजुरी हाल्ने गरेका छन् । भर्खर विवाह गरेर श्रीमान् विदेश गएका महिलाहरु शहरबजारमा बस्ने र श्रीमानसँगको माया समेत उपभोग गर्न नपाएपछि महिलाहरु परपुरुषसँग लाग्ने गरेको उदाहरणहरु लमजुङमा रहेका छन् ।
पछि श्रीमान् आउँदा श्रीमती परपुरुषसँग लागेपछि उनीहरु सम्बन्ध विच्छेद गराउन बाध्य हुन्छन् । मनै नमिलेपछि छोडपत्र गर्नु राम्रो भएपनि यसको सबैभन्दा बढी असर उनीहरुका वालवालिकामा पर्ने गरेको छ । आमाबुवा छुट्टिँदा उनीहरुका छोराछोरी साँढेको जुधाईमा बाच्छाको मिचाई जस्तै बन्ने गरेका छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar