पूर्वयुवराज पारस शाह नेपाल आउने हल्ला चलिरहेको छ। उनको भिसाको म्याद यहि साउन २१ गते सकिँदैछ। यही बीचमा पछिल्लो समय उनको तस्बिर सार्वजनिक भएको छ। गैर आवासिय नेपाली संघ थाइल्याण्डका उपाध्यक्ष सुमन अधिकारीले उनको पछिल्लो तस्बिर सामाजिक फेसबुकमा सार्वजनिक गरेका छन्।
निकै खाइलाग्दो ज्यान र हष्टपुष्ट रहेका पारस तस्बिरमा भने दुब्लो र विरामी जस्ता देखिएका छन्। लामो कपाल पालेका पारस केही चिन्तित देखिन्छन्। लामो समयसम्म विरामी भएका पारसलाई दुर्व्यसनी सुधार गृहमा समेत राखिएको थियो।
पछि उनी लागूऔषध गाँजासहित पक्राउ पनि परेका थिए।
लामो समयसम्म विरामी हुनु, परिवारबाट सहयोग नपाउनु र आर्थिक संकटका कारण उनी दुब्लाएको अनुमान गरिएको छ।
उनी प्रेमिकासँगै नेपाल आउने भनिए पछि पूर्वराजा ज्ञानेन्द्र र उनका परिवारले उनको यस्तो प्रस्ताव स्वीकारेका छैनन्। जसका कारण उनी अलमलमा छन्।
उनले भिसाको म्याद थपेर उतै व्यापार गर्ने पनि मनसाय बनाएका छन्। यद्यपी थाइ सरकारले उनको भिसा म्याद नथप्ने जनाइसकेको छ।
उनले पछिल्लो समय सोमबारका दिन हिजो थाइल्याण्डमा रहेको शिव मन्दिरमा पुजा गरेका छन् । उनले नेपाली जनता र राष्ट्रको कामना गरेको अधिकारीले बताएका छन् ।