सुत्ने कोठामा राती कुनै श्रोतबाट मधुरो उज्यालो आइरह्यो भने त्यसका कारण स्तन क्यान्सरको औषधीको प्रभावकारितामा असर पर्ने चेतावनी अमेरिकी अनुसन्धानकर्ताहरुले दिएका छन्।
कोठामा सडकबत्तीबाट छिर्ने जस्तो मधुरो उज्यालोम राखेर जनावरमा गरिएको परिक्षणमा ट्युमरहरु ट्यामोक्सीफेन भनिने औषधीप्रति प्रतिरोधात्मक भएको पाइयो।
क्यान्सर रिसर्च भन्ने जर्नलमा प्रकाशित एउटा अध्ययनमा मधुरो उज्यालोले सुतेका बेला उत्पन्न हुने हार्मोनहरुलाई असर गर्ने र त्यसैका कारण क्यान्सर कोषहरुमाथि औषधीले कम काम गर्ने हुन जान्छ।
ब्रीटीश विशेषज्ञहरुले अध्ययनको निष्कर्ष महत्वपूर्ण भएपनि मानिसहरुमा प्रमाणित नभएको बताएका छन्।
मेलाटोनिन
स्तन क्यान्सर उपचारमा ट्यामोक्सीफेन विरामीको आयु बढाउने र बाँच्ने दर बढाउने औषधीका रुपमा प्रयोग हुँदै आएको छ।
अमेरिकाको टुलेन युनिभर्सिटी स्कूल अफ मेडिसिनका वैज्ञानिकहरुले ट्यामोक्सीफेन औषधीप्रतिको प्रतिरोधमा शारिरिक घडिको भूमिका अध्ययन गरेका थिए।
साँझमा बढ्न थाल्ने, रातभर बढिरहने र विहान भएपछि कम हुँदै जाने निद्रा लगाउने हार्मोन मेलाटोनिनमाथि उनीहरुले अध्ययन केन्द्रित गरेका थिए।
रात सडकबत्तीका कारण छिर्ने प्रकाश र मोबाइल फोन कम्प्युटर जस्ता बस्तुबाट निस्कने प्रकाशले पनि निद्रा गडबड हुन्छ
अत्याधुनिक फोन, अनेक किसिमका हाते कम्प्युटरहरु र कृत्रिम प्रकाशहरुले मेलाटोनिन हार्मोनको मात्रा कम गराउन सक्छन्।
परिक्षण
मानव स्तन क्यान्सर कोष सहितका मुसाहरुलाई ट्यामोक्सीफेन औषधी दिएर पुरा अँध्यारो खोरमा र मधुरो उज्यालोमा सुत्न छोडिएको थियो।
मधुरो प्रकाशमा सुताइएका मुसाहरुमा मेलाटोनिन हार्मोनको तह कम थियो ट्युमरहरुको आकार ठूला थिए र तिनिहरुमा ट्यामोक्सीफेनले काम गरेन भन्ने तथ्य वैज्ञानिकहरुले पाए।
राती सुत्ने बेलामा कोठा पुरा अँध्यारो पारे मात्र सुताइको हर्मोन मेलाटोनिन प्रशस्त उत्पन्न हुने बताइएको छ
र अर्को परिक्षणमा मुसाहरुलाई मेलाटोनीन थपिएको थियो उनीहरुमा ट्यामोक्सीफेनले काम गर्यो र उनीहरुका ट्युमर साना हुँदै गए।
शयन कक्ष
बीबीसी न्युज वेवसाइटलाई डा स्टीभन हिलले भने, "म मानिसहरुलाई पसलमा गएर मेलाटोनिन किन्न सुझाव दिन्न किनभने यथेष्ट प्रमाण आइसकेको छैन।"
उनी भन्छन्, तर उनीहरुले आफ्नो शयन कक्षलाई पुरा अँध्यारो पार्न सक्छन् या सुत्नेबेलामा मेलाटोनिन हार्मोनको उत्पादन बढाउन आँखामा मास्क लगाउन सक्छन् र ओछ्यानमा सुत्नुअघि ट्यामोक्सीफेन औषधी खान सक्छन् यसो गर्दा औषधीले राम्रो काम गर्छ कि भन्ने थाहा पाउने सबभन्दा सजिलो तरिका त्यहि हो।
केहि अध्ययनले मेलाटोनिनले क्यान्सर उपचारमा प्रभावकारी भूमिका खेल्न सक्ने बताएका छन्।
यो हर्मोनले क्यान्सर कोषलाई शान्त गराउन गर्न सक्छ र आक्रामक रुपमा बढ्नबाट रोक्न सक्छ।
डा हिलले अनुसन्धानलाई मानव स्तन कोषमा गर्नुपर्ने बताएका छन्।
चेतावनी
उनले प्रविधिको प्रयोगबारे चेतावनी दिँदै भनेका छन् प्राविधिक बस्तुहरुले निलो रंगका प्रकाशहरु छोड्छन् जसले मेलाटोनिन उत्पादनमा नकारात्मक असर पार्छ र शयन समयलाई घटाइदिन्छ।
यदि कोहि सात घन्टा सुत्छ तर आइप्याड या कम्युटर प्रयोग गर्छ र टेलिभिजन हेर्छ भने त्यो निलो वेभलेन्थले मेलाटोनिन उत्पादन हुने समयलाई एक देखि डेढ घन्टासम्म घटाइदिन्छ।
त्यसैले सात घन्टा सुतेपनि साढे पाँच या ६ घन्टा मात्र मेलाटोनिन उत्पादन हुन सक्छ।
क्यान्सर रिसर्च च्यारीटी युकेका डा स्यामुअल गडफ्रेले रातको मधुरो प्रकाश र क्यान्सर प्रतिरोधी प्रकृतिबारेको अनुसन्धान मह्तवपूर्ण भएपनि मुसामा मानव कोष घुसाएर गरिएको अध्ययनमा पाइएको जस्तै गतिविधि मानिसमा पनि हुन्छ भन्ने ठोकुवा गर्नु अघि मान्छेमा नै वृहत अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन्।