काठमाडौं : साउन १८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कार्यक्रमको समय तालिका लगभग निश्चित गरिएको छ।स्रोतका अनुसार साउन १८ र १९ गतेको मोदीको नेपाल बसाइको कार्यक्रम र समयतालिकाबारे सरकारले सुरक्षा निकायलाई पनि जानकारी दिएर त्यहीअनुसारको तयारी र सतर्कता अपनाउन निर्देशन दिइसकिएको छ।
सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सरकारले राजकीय सम्मान प्रदान गर्ने भएको छ।आइतबार बिहान विशेष विमानमा काठमाडौं आउने मोदीलाई स्वागत गर्न सुशील कोइराला विमानस्थलको अति विशिष्ट कक्षमा आफै जाने छन्। त्यहाँ उनलाई नेपाली सेनाले विशेष सम्मान गारत अर्पण गर्ने कार्यक्रम छ। विमानस्थलबाट मोदी सिधै बौद्धस्थित हायत होटलमा जाने कार्यक्रम छ।त्यहाँ केहीबेर आराम र ब्रिफिङपछि भारतीय दूतावासमा दिवाभोजमा सहभागी हुने कार्यक्रम छ।
आइतबार अपरान्ह भारतीय प्रधानमन्त्री मोदीले संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ। आइतबार राति प्रधानमन्त्री सुशीलले मोदीमो सम्मानमा सोल्टीमा विशेष रात्रीभोजको आयोजना गरेका छन्।राष्ट्रपति र प्रधानमन्त्रीबाहेक सबैसँग होटलमै भेटघाटको प्रबन्ध मिलाइएको छ। सोमबार बिहान पशुपतिमा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसका लागि मोदीसँगै केही पण्डितहरु काठमाडौं आउने छन्। पशुपतिमा पूजाअर्चनापछि मोदीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ताको कार्यक्रम छ। त्यसपछि दुई देशबीचमा औपचारिक केही समझदारी तथा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ।
मोदीको भ्रमणका लागि भारतीय सेनाका दुईवटा विशेष विमान काठमाडौं ल्याइने छ। सुरक्षालाई ध्यानमा राखेर हतियार जडित बुलेट पु्रफ विशेष कार पनि भारतबाटै ल्याउन लागिएको छ। मोदीको भ्रमण दलका सत्तरीजनाभन्दा बढी भारतीय अधिकारी तथा सदस्य संलग्न रहने बताइएको छ। मोदीको भ्रमणका लागि सेनाको कमाण्डमा विशेष सुरक्षा टोली सरकारले परिचालित गरेको छ
भारतीय प्रधानमन्त्रीबाट सत्र वर्षपछि नेपालको भ्रमण हुन लागेको हो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्द्रप्रसाद गुजरालको भ्रमणपछि भारतका कुनै पनि प्रधानमन्त्रीबाट नेपालको भ्रमण भएको छैन। सरकारको नेतृत्व लिएर दुई महिनापछि नेपालमा हुन लागेको मोदीको भ्रमणलाई निकै महत्व र चासोका साथ हेरिएको छ।