काठमाडौं, श्रावण ९ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेकी छन् । २३ वर्षपछि नेपाल र भारतबीच हुन लागेको मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री स्वराज नेपाल आएकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू थुप्रै आशा र अपेक्षा लिएर नेपाल आएको बताइन् । आफ्नो नेपाल भ्रमण दुबै देशको आपसी हितका लागि महत्वपूर्ण र फलदायी हुने विश्वास पनि उनले व्यक्त गरिन् ।
मन्त्रीस्तरीय बैठकमा सबै क्षेत्रमा सहयोग अभिबृद्धि गर्ने गरी छलफल हुने उनको भनाइ थियो । आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले २७ वर्षअघि संयुक्त आयोग गठन भएको थियो । नेपाल र भारतमा हरेक वर्ष पालैपालो आयोगको बैठक बस्ने भनिए पनि २२ वर्षदेखि आयोगको बैठक बस्न सकेको छैन ।
दुई दिनसम्म चल्ने बैठकमा नेपाल र भारतबीच जलस्रोत, आर्थिक सहयोग, व्यापार तथा पारवहन, सीमा व्यवस्थापन र सुरक्षाको क्षेत्रमा गहन छलफल हुनेछ । बैठकमा सुपुर्दगी सन्धी र सीमा नक्साको विषयमा पनि छलफल हुने बताइएको छ ।
विदेशमन्त्री स्वराजको भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व तयारीको रुपमा समेत लिइएको छ । विदेशमन्त्री स्वराजले नेपालमा रहँदा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र विभिन्न दलका शीर्ष नेताहरुसँग भेट्वार्ता गर्ने कार्यक्रम रहेको छ ।