गोरखाका अर्याल परिवार काठमाडौं आएको पनि १४ पुस्ता भइसकेछ। पृथ्वीनारायण शाहको एकीकरण अभियानकै क्रममा उनको साथ लागेर काठमाडौं आएको हो, अर्याल परिवार, दरबारको गुरुघरानाका रूपमा। तिनै अर्यालमध्येका एक हुन्, ७७ वर्षीय श्रीदेव अर्याल।
इतिहास लेखनका क्रममा योगी नरहरिनाथको 'सन्धिपत्र संग्रह'मा सहयोगी भूमिका निर्वाह गरेका श्रीदेवले लामो समय राष्ट्र सेवा गरे। सीमा सर्भेयरका रूपमा नेपाल, चीन र भारतको सीमा सर्भे पनि गरे। २०४९ सालमा राष्ट्रसेवाबाट निवृत्त हुँदा उनी भन्सार अधिकृत थिए।
आफ्नो करिअरबाट प्राप्त हुने सन्तुष्टि वा असन्तुष्टि आफ्नो ठाउँमा छँदैछ। आफ्ना छोरा प्रदीप अर्याल नासाको वैज्ञानिक हुनुको अर्को गौरव पनि छ, श्रीदेवसँग। त्यसमाथि आफूसँग भएका बुद्धसँग सम्बन्धित दुर्लभ पुरातात्त्विक सामग्री र प्रागऐतिहासिक सामग्रीले उनलाई जीवनमै ठूलो गौरव दिलाएको छ। उनी भन्छन्, 'म त भन्छु, मसँग जुन सामग्री संकलित छन्, विश्वमै त्यस्ता दुर्लभ सामग्री अरू कोहीसँग छैनन्।'
...
यसो भनिसकेपछि उनले आफ्नो गोप्य कोठाबाट केही पुराना सामग्री निकालेर पंक्तिकारलाई देखाउँदै भने,'ल यसलाई राम्ररी हेर्नुस्, अनि आफूलाई जे लाग्छ, त्यो विश्लेषण गरेर भन्नुस्।' राम्ररी हेर्न लेन्स पनि दिए उनले। सबैभन्दा पहिले उनले हेर्न दिएको सामग्रीको राम्ररी विश्लेषण गर्दा एउटै सामग्रीमा कुनै कोणमा हात्ती त कुनै कोणमा बुद्धको अनुहार झल्किने सामग्री देखाए।
यस्तै चारवटा प्वाल भएको सानो इँटा आकारको माटोको चारपाटे भाडा पनि देखाए। त्यहाँ खरानीको अंश रहेको पनि स्पष्टै देखिन्थ्यो। 'यो कि पाखुरामा बाँध्ने या छातीमा झुन्ड्याउने सामग्री हुनुपर्छ', श्रीदेवले उक्त सामग्रीबारे आफ्नो विश्लेषण सुनाए। त्यस सामग्रीमा पछाडिपट्टि बुद्धले महापरिनिर्वाण प्राप्त गरेको अवस्थाको आकार छ। उनी भन्छन्,'यो सामग्री मौर्य सम्राट् अशोकको समयमा बनेको हुनुपर्छ।'
त्यसपछि उनले कालो डल्लो वस्तु देखाए। त्यो कालो डल्लो धातुको डल्लो हो। तर चुम्बकले परीक्षण गर्दा त्यो डल्लोमा चुम्बक टाँसिएन। यसको अर्थ त्यो सामग्री अति प्राचीन भइसकेको कारण त्यहाँ धातुको प्राण गइसकेको अनुमान गर्न सकिन्थ्यो। त्यस डल्लोको बाहिरी भागमा बुद्धको अनुहार आउने धमिलो आकृतिहरू देखिए। श्रीदेवको भनाइ थियो,'यसभित्र बुद्धको अस्थिअवशेष हुनसक्छ।'
उनले पुराना सामग्री देखाउँदै जाँदा मुद्राजस्तो लाग्ने बाटुलो सामग्री देखाए। त्यो सामग्रीमा दुईवटा हात्तीको टाउको छ। त्यो हात्तीको सुँढले दुई व्यक्तिलाई बोकेको छ। श्रीदेवको अनुमानअनुसार ती दुई व्यक्तिमध्ये एक सिद्धार्थ गौतम र उनकी पत्नी यशोधरा हुन्। त्यहीँ सामग्रीको अर्को पाटोमा बुद्धको अनुहारको धमिलो आकार देखिन्छ। उनी भन्छन्, 'यो सामग्री पक्का पनि त्यस समयको मुद्रा हुनुपर्छ। यदि यो मुद्रा प्रमाणित भयो भने सामान्य गौरवको विषय हुने छैन।'
बुद्धसँग सम्बन्धित सामग्री देखाउने क्रममा श्रीदेवले सम्भवत: बुद्धको महापरिनिर्वाणपछि बनेको बुद्धको स्पष्ट अनुहार देखिने बुट्टेदार सामग्री देखाए। एकातिर शान्तरूपी बुद्धको आकृति छ भने अर्कोतिर क्रोधरूपी। कपासमा अत्यन्तै जतनसाथ राखिएको त्यो सामग्री हेर्दा लाग्छ, त्यो खरानीबाट बनेको हो। 'यी सामग्रीहरू हेरेर विश्लेषण गर्न सक्ने व्यक्ति चाहिएको छ मलाई', उनी भन्छन्।
सामग्री देखाउँदै जाँदा उनले एउटा सानो सामग्री देखाए। त्यो सामग्रीमा अफगनिस्तानदेखि चीन, भारत, थाइल्यान्ड र बर्मासम्म देखिने आकृति छ। 'सायद यो त्यसबेला बुद्ध धर्म फैलिएका स्थानहरूलाई जनाउन बनाइएको हुनसक्छ', उनको अनुमान छ।
...
यस्ता दुर्लभ सामग्री कहाँबाट संकलन गरे त उनले? उनी आफैंले संकलन गरेका होइनन्, यी सामग्री उनका बाबु कुलराज शर्माका संकलन हुन्। केशरशमशेरले सन् १९३७ देखि १९३९ सम्म उत्खनन गरेका थिए। यसअघि खड्गशमशेरले अशोक स्तम्भ पत्ता लगाएपछि फुहररका साथ सन् १८९८ पहिलो पटक गरिएको थियो, लुम्बिनीको उत्खनन।
केशरशमशेरको समयको उत्खननमा श्रीदेवका बाबु कुलराज पनि संलग्न थिए। उनले आफ्नो तर्फबाट संकलन गरेको सामग्री सम्बन्धित ठाउँमा बुझाउन जाँदा धातुको प्राण मरिसकेको यी सामग्री पुरातात्त्विक महत्त्वका होइन भनेर फर्काइछ। कुलराजले जतनसाथ राखेका यी सामग्री श्रीदेवका लागि अमूल्य उपहार हुन पुग्यो। उनी भन्छन्, 'मसँग त्यस्ता हजारौं टुक्रा छन्।'
...
बुद्धसँग सम्बन्धित सामग्री देखाइसकेपछि उनले सोधे,'मसँग करोडौं वर्ष पुराना जीवावशेष पनि छन्, हेर्ने हो?' नहेर्ने कुरै थिएन। उनले एउटा बट्टा ल्याए। बट्टाबाट केही टुक्रा नमुना निकाले। ती टुक्रामध्ये कतिपय पाइपजस्तो प्वाल भएको र अधिकांश टुक्राको भित्री भागमा सुनौलो रङको बालुवा रहेको स्पष्ट देखिन्थ्यो। उनले ती सामग्री पृथ्वीमा महाप्रलय भए टेथिस सागर लोप भएर जाँदा भूसतहमा रहेका जीवजस्तुको अवशेष भएको बताए। उनले भने,'समुद्र उठेर आउँदा बालुवासँग जीवजन्तु तथा कीराहरू पुरिए, यी टुक्राहरूमा रहेका सुनौलो बालुवा हुनुले त्यो अनुमान गर्न सकिन्छ।'
केशरशमशेरको समयको उत्खननमा श्रीदेवका बाबु कुलराज पनि संलग्न थिए। उनले आफ्नो तर्फबाट संकलन गरेको सामग्री सम्बन्धित ठाउँमा बुझाउन जाँदा धातुको प्राण मरिसकेको यी सामग्री पुरातात्त्विक महत्त्वका होइन भनेर फर्काइछ। कुलराजले जतनसाथ राखेका यी सामग्री श्रीदेवका लागि अमूल्य उपहार भए।
उनले कुनै बेला सीमा सर्भेयरको रूपमा मुस्ताङ पुगेका थिए। त्यहीँबाट संकलन गरेर ल्याएका हुन्, उनले जीवावशेषका टुक्राहरू । आफ्नो बाबुले लुम्बिनीबाट गरिएको संकलनको सिको गर्दा उनले करोडौं वर्ष पुराना जीवावशेष संकलन गर्ने जुक्ति सिके। 'मलाई यी सामग्रीप्रति कतिसम्म गौरव लाग्छ भने यी सामग्री मेरा सन्तान हुन्', उनी सगौरव भन्छन्।
...
यति महत्त्वपूर्ण सामग्रीको उनले तस्बिर खिच्न भने दिएनन्। तस्बिरका लागि धेरै अनुरोध गरियो। तर उनले भनिरहे,'यी सामग्रीका कारण म आफू असुरक्षित महसुस गर्छु। चोरी भइदेला, टाठाबाठा आएर झुक्याउँलान्, अपहरणमा पनि परिएला। तपाईंले सामग्री हेरिहाल्नुभयो। यी सामग्रीको तस्बिर चाहिँ नखिचौं।'
अब उनी यी सामग्रीहरूलाई के गर्लान्? उनी पनि सामग्रीको भविष्यबारे टुंगोमा पुग्न सकेका छैनन्। अहिले राज्य चलाउनेहरूलाई उनले विश्वास गर्न सकिरहेका छैनन्। 'यदि राज्य सञ्चालन गर्न राम्ररी जान्ने आयो भने यी सबै सामग्री म राज्यलाई सुम्पन्छु, नभए के गर्ने अहिलेसम्म म टुंगोमा पुग्न सकेको छैन।'