इलाम- छोरीको बाहिरी रूप र भित्री ज्ञान (पढाइ) दुवै अब्बल। अनुशासन र अभिभावकप्रति आदर, सद्भाव राख्ने स्वभाव। 'पढेर केही गर्ने' हिम्मत बोकेकी छोरीको चाहना पूरा गर्न परिवारले कुनै कन्जुस्याईं गरेको थिएन। इलाम सदरमुकामको एउटा निजी स्कुलबाट एसएलसी सकेर छोरी उच्च शिक्षानिम्ति राजधानी उक्लिइन्।
बुबा–आमा इलाममै रहे, छोरी दिदीसँगै डेरा बसेर उच्च शिक्षा लिन थालिन्।
अकस्मात एकदिन राजधानीबाट असह्य खबर आयो– तिनै १७ वर्षीया कल्कलाउँदी छोरीले डेरामा झुन्डिएर आत्महत्या गरिन्।
मुटु रोगी बुबाले सुरुमा पत्याएनन्। आमा छाँगाबाट खसेझैं भइन्। कोही नभएको मौकामा कोठामै आत्महत्या गरेको खबर सही रहेछ, बुबा अचेत भए, आमा पीडाले छट्पटाइन्।
'जसलाई हाम्रो उत्तरदायी ठानेका थियौं, उही नरहेपछि संसार सकिएजस्तो लाग्छ,' तीन वर्षअघिको त्यो घटनाले अझै रन्थनिइरहेका नाम खुलाउन नचाहने ती अभिभावकले भने, 'हामीले देख्दा उसले त्यसरी जीवन खेर फाल्नुपर्ने कुनै कारणै छैन, तर किन यस्तो नमिठो पीडा भोग्नुपर्योी?'
आत्महत्या गर्नेले गुपचुपमै जीवन नाश गर्ने र त्यसको दोषजति परिवारमा आइपर्ने हु“दा उनी तीन वर्षदेखि पीडामा छन्। इलाममा आत्महत्या गर्नेको संख्या बढ्दो छ। जानी–जानी ज्यान फाल्ने क्रम अचेल ग्रामीण भेगबाट सहरी क्षेत्रमा पनि फैलि“दैछ।
दुई नगरपालिका, ४५ गाविस रहेको जिल्लामा सदरमुकाम, फिक्कल, कन्याम, पञ्चकन्या, मंगलबारेजस्ता बजारक्षेत्रमा आत्महत्या गर्ने क्रम बढी छ। जिल्ला प्रहरी कार्यालयको अभिलेखअनुसार इलाममा वर्षेनी ८० हाराहारी व्यक्तिले आत्महत्या गर्छन्। जसमा झुन्डिने र विष खाने धेरै छन्।
'द्वन्द्व, शान्ति तथा विकास अभियान' मा स्नातकोत्तर गरिरहेका सन्तोष दाहालको स्वतन्त्र अध्ययनअनुसार इलाममा आठ वर्षयता ५ सयभन्दा धेरैले आत्महत्या गरिसकेका छन्। ज्यान फाल्नुको कारण जेसुकै भए पनि बा“च्ने परिवारको जीवनमा आइपर्ने कलंक एकै खालको छ। आत्महत्या गर्ने परिवारकी छोरीले भनेजस्तो ज्वाइँ नपाउने, छोराले बुहारी नभेट्ने मात्र होइन, श्रीमानले आत्महत्या गरेपछि एक्लिएकी श्रीमतीलाई घृणाले हेर्ने प्रवृत्ति छ।
मर्ने मरिगयो, बा“च्नेलाई सास्ती। आत्महत्या गर्ने व्यक्तिका परिवार सदैव मानसिक पीडामा हुन्छन्। झुन्डिएर, विष खाएर, खोलामा डुबेर या हतियारले रेटिएर आत्महत्या गर्नेलाई कसैले राम्रो मानिँदैन। बरु 'हुतिहारा', 'नामर्द' र 'परिवारलाई सताउने' जस्ता विशेषणले गाली गरिन्छ। त्यसमाथि समाजले कसैको आत्महत्यालाई 'परिवारकै कारण' भनिदिने प्रवृत्ति छ।
दाजुभाइले नै आत्महत्या गरेपछि मंगलबारेको याक्सीस्थित एउटा परिवारका सदस्य लामो समयदेखि मानसिक पीडा झेल्दैछन्। 'दीर्घरोगको पीडा सहन नसकेको' कारण देखाएर भाइले आत्महत्या गरेको तीन बर्षपछि शारीरिक रुपमा हट्टाकट्टा दाजुले समेत त्यही अप्रिय बाटो रोजेपछि परिवारका बा“च्ने सदस्य र छोराछोरीलाई तनाव भइरहन्छ। नौ वर्षअघिको घटना उनीहरुका लागि जीवनभर गढिरहने खिल बनेको छ।
'स्कुलमा छोराछोरीको नाम लेखाउँदा होस् या नचिनेका मानिसलाई परिचय दिँदा श्रीमान्को नाम भनिरहनुपर्छ,' श्रीमानको आत्महत्यापछि एकल जीवन बिताइरहेकी परिचय गोप्य राख्न चाहने ती महिलाले भनिन्, 'त्यसरी नाम भन्दा श्रीमानचाहिँ के गर्नुहुन्छ भन्छन्, त्यसबेला आँखाभरि आँसु निस्किन्छन्।'
दूधमुखे उमेरमै बुबाले आत्महत्या गरेपछि अहिले स्कुल जाने दुई छोराछोरी पनि अरूका कुराले भड्किन खोज्छन्। चार सन्तानमध्ये दुई छोरीको विवाह भइसकेको र दुइटै छोराले आत्महत्या गरेको घटनाले बुबाआमा अझै विक्षिप्त छन्। यस्तो समस्या आत्महत्या गर्ने हरेक व्यक्तिका परिवारले झेल्नुपरिरहेको छ। महिला होस् या पुरुष, कसैले आत्महत्या गरे परिवारका सबैलाई लामो समय मानसिक पीडा भइरहने र कसै–कसैलाई त्यसैले डिप्रेसन निम्तिने कोशी अञ्चल अस्पतालका स्नायु तथा मानसिक रोग विशेषज्ञ रोशन पोखरेल बताउँछन्।
'आत्महत्या गर्नेका परिवारलाई डिप्रेसन भएर धेरैपल्ट उपचार गर्नुपरेको छ,' डा. पोखरेलले अनुभव सुनाए, 'त्यस्ता परिवारलाई समाजले नराम्रो आरोप लगाउने र आत्महत्याको कारक ठान्ने प्रवृत्ति छ, जुन राम्रो होइन।' आत्महत्या गम्भीर खालको डिप्रेसनको अन्तिम रुप भएको जनाउँदै उनले यसलाई मानसिक समस्याका रुपमा लिनुपर्ने बताए। डिप्रेसनका बिरामी बढ्दा आत्महत्या गर्नेक्रम पनि बढेको डा. पोखरेलको अनुभव छ।
६० वर्ष नाघेका ज्येष्ठ नागरिकसमेतले अचेल जानी–जानी जीवन खेर फाल्न थालेपछि आत्महत्या न्यूनीकरणका प्रयास थालिँदैछ। जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका एफएम रेडियोबाट मानसिक स्वास्थ्यबारे कार्यक्रम नै चलाउन थालेको छ। जिल्ला प्रहरी कार्यालयले पनि आत्महत्यालाई 'गम्भीर अपराध' भन्दै केही गाविसमा मानसिक स्वास्थ्यसम्बन्धी शिविर चलाउने तयारी गरिरहेको छ।
'इलाममा आत्महत्या किन बढी हुन्छ भन्ने अनुसन्धानकै विषय रहिरह“दा यसले परिवारमा निम्त्यिाउने पीडा झन् जटिल समस्या बनेको छ,' आत्महत्या गर्नेक्रम नियन्त्रणमा सक्रिय ज्येष्ठ नागरिक समाज, इलामका अध्यक्ष धर्म गौतमले भने, 'मर्ने त मरिहाल्छ, बाँच्नेलाई जीवनभर कलंकको टीका लाग्छ।' २ लाख ९१ हजार जनसंख्या रहेको यस जिल्लामा यतिसम्म कि ९ देखि ७९ वर्षसम्मका व्यक्तिले आत्महत्या गरेका छन्।