काठमाडौं, श्रावण ३ । काठमाडौको सामाखुशी क्षेत्रको रानीबारीमा कैलालीको धनगढी निवासी लक्ष्मी भट्टको शव झुण्डिएको अवस्थामा फेला परेको छ । आज बिहान उनको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ ।
आफन्तहरुले लक्ष्मीको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
प्रहरीमा कार्यरत उनका श्रीमान् नन्दराज भट्टसँग हिजो लक्ष्मीको सामान्य झगडा परेको छिमेकीहरुले बताएका छन् ।
fb