Headlines News :
fb
Home » » ५५ म्यानपावरलाई कामदार ल्याउन रोक

५५ म्यानपावरलाई कामदार ल्याउन रोक

दोहा, श्रावण ४ - कतारस्थित नेपाली दूतावासले ५५ वटा म्यानपावार कम्पनीलाई यहाँ कामदार आपूर्ति गर्न रोक लगाएको छ । दूतावासले ती म्यानपावरले ल्याएको मागपत्र अस्वीकृत गर्ने भएको छ ।

कतार आउने नेपाली कामदारलाई सम्झौताअनुसारको तलब, काम, कम्पनी नदिलाउने म्यानपावर कम्पनीलाई कामदार आपूर्ति गर्न रोक लगाएको हो । दूतावासले ती कम्पनीलाई सरकारले तोकेभन्दा बढी लागत खर्च उठाएको समेत आरोप लगाएको छ । 'हामीले कारबाहीको सिफारिस गरेका कुनै म्यानपावर कम्पनीमार्फत कामदार आपूर्ति गर्न दिएका छैनौं,' श्रम सहचारी इन्द्रदेव पाण्डेले कान्तिपुरसँग भन ।

रोक लगाइएका कम्पनीमा अल अयुनी ओभरसिज, अल भिजन, अल जाफर, अल्फा रोमा, एडभान्स रिक्रुटमेन्ट सर्भिस, एडभान्चर ह्युमन रिसोर्स, एसिया प्यासेफिक रिक्रुटमेन्ट, एएफबी ओभरसिज, आयुष इन्टरनेसनल, क्याराभान इम्प्लोइमेन्ट, सिटिजन ओभरसिज, डि्रम्स अनलिमिटेड एन्ड कम्पनी, डी प्रोटन म्यानपावर सप्लायर्स, दियालो ह्युमन रिसोर्स, इभा नेपाली ओभरसिज छन् ।

त्यस्तै, फ्रोडोस, ग्यालिभान्ट , गल्फ कनेक्सन रिक्रटमेन्टस्, गल्फ म्यानेजमेन्ट, इम्पेरिल, इन्टरनेसनल टे्रड्स लिंकस, इन्टरनेसनल जब लिंक्स्, इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट, जबपेल्सपेन्ट सर्भिस, किड्स इप्लोइमेन्ट सर्भिस, क्षितिज इप्लोइमेन्ट सर्भिस, लाइफलाइन , लिंक स्टार, एमडी ओभरसिज, मैथली म्यानपावर, परफेक्ट कनेक्सन इम्प्लोइमेन्ट, प्रोेगेसिभ प्लेसमेन्ट सर्भिस, पुमरी, राज ओभरसिज, रिगल ओभरसिज, रोटरी, साईकृष्णा इप्लोइमेन्ट ब्युरो, सकिसहम ह्युमन रिसोर्स, साना इन्टरनेसनल, रिक्रुटमेन्ट सर्भिस, सारथि, सिछार्थ बुद्ध, सिल्भर स्टार, सप्तकोसी ह्युमन रिसोर्स, स्पिड ओभरसिज, संसार इन्टरनेसनल, सिद्धार्थ गौतम, सुनगाभा, थ्याङ्स इन्टरनेसनल सर्भिस, त्रिकोण, वल्र्ड बेबर, ओभरसिज, वल्र्ड भिजन र यती ओभरसिज छन् ।
Share this article :
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar