बाँच्न कसलाई रहर हँुदैन र ? हुन त बाँचेर पनि आफू बाँचेको थाहा नपाएरै बाँच्नुको के अर्थ । तर आफन्तप्रतिको कति धेरै माया हुन्छ मान्छेमा । यही मायाका कारण अर्धचेत अवस्थामा बाँचिरहेका पर्वत तिलाह–७ का कमल खत्रीलाई बचाउन उहाँका दाइ प्रकाश अहिले मेची–महाकालीको यात्रा तय गरी सहयोग मागिरहका छन् ।
विसं २०६८ साउन ११ गते मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका कमलको उपचारमा अर्थाभाव भएपछि दाइ प्रकाश सहयोगको याचना गर्दै महाकाली र सेती अञ्चलका जिल्ला सकेर सुर्खेत आइपुगेका छन्
रकम अभावका कारण उपचारका क्रममा पेटमा राखिएको कमलको खप्पर (टाउकाको हड्डी) अझै पनि टाउकोमा राख्न नसकिएको प्रकाशले बताए । कमलको टाउकोमा गम्भीर चोट लागेकाले गिदी भर्न उनको खप्पर पेटमा राखिएको हो । उपचारका लागि कमललाई डा. उपेन्द्र देवकोटाको न्यूरो बाँसबारी अस्पतालमा पु¥याएपछि खप्पर निकालिएको थियो ।
खप्पर निकालेर सुरुमा केही समय आइसियुमा राखिएको र त्यसपछि उनकै पेटमा राखिएको दाइ प्रकाशले बताए । दुर्घटना हुने बित्तिकै सुरुमा गण्डकी अञ्चल अस्पताल पोखरामा उपचारका लागि पु¥याइएका कमललाई न्यूरो बाँसबारीमा पठाइएको थियो । अहिले अर्धचेत अवस्थामा रहेका कमललाई पूर्णचेतना भएको देख्न चाहेकाले आफूले आर्थिक सहयोगको याचना गर्दै हिँडेको उहाँका दाइ प्रकाशले बताए ।
‘‘डाक्टरका अनुसार खप्पर टाउकोमा राखिए उसको शरीर चल्छ,” प्रकाशले भने– ‘‘खप्पर राख्न नौ लाख रुपिया चाहिने भएपछि मैले सहयोग जुटाउन थालेको हुँ ।’’ यसअघि उपचारका क्रममा १९ लाख रकम खर्च भएको र त्यसमा पाँच लाख नेपाल सरकारले ब्यहोरेको हो । चार लाख रकम भने यसअघिकै बाँकी रहेकाले अस्पतालले कमललाई एक वर्ष अगाडि अस्पतालबाट घर फर्काइदिएको हो ।
पाँच दिनदेखि सुर्खेतमा रहेका प्रकाशले चार लाख तिर्न बाँकी रहेको कागज गरेको बताए । अस्पतालका तर्फबाट पनि डा. देवकोटाले अब नौ लाख भए कमलको पेटमा राखिएको खप्पर टाउकोमा राखिदिने र त्यसो गरिए उनँको शरीर चल्ने बताएको प्रकाशको भनाइ छ । आफूले कमलको शरीर नचले ब्याजसहित उपचारमा खर्च भएको रकम फिर्ता गर्ने गरी कागजसमेत गरेको उनको भनाइ छ ।
fb