Headlines News :
fb
Home » » टिकट कालोबजारी प्रकरणमा फिफा पार्टनर कम्पनीका सिइओ पक्राउ

टिकट कालोबजारी प्रकरणमा फिफा पार्टनर कम्पनीका सिइओ पक्राउ

 रियो द जेनेरियो– विश्वकप फुटबलका खेलको टिकट कालोबजारमा बेचेको प्रकरणमा फिफाको पार्टनर कम्पनी म्याच हस्पिटालिटीका सिइओ पक्राउ परेका छन्। ब्राजिल प्रहरीले म्याच हस्पिटालिटीमा काम गर्ने रे ह्वेलेनलाई रियो द जेनरियोबाट पक्राउ गरेको हो।

फिफा अध्यक्ष सेप ब्लाटर सहित बरिष्ठ अधिकारीहरु बस्ने होटलबाटै उनी पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउपछि ह्वेलेनलाई रियो द जेनेरियोको प्रहरी हिरासतमा राखिएको छ।

म्याच हस्पिटालिटी फिफा विश्वकपको टिकट व्यवस्थापन गर्ने कम्पनी हो। सिइओको गिरफ्तारी बारे कम्पनीले केही प्रतिक्रिया दिएको छैन।

प्रहरीले गत हप्ता ११ जनालाई पक्राउ गरी विश्वकपका टिकट कालो बजारी गर्ने अन्तरार्ष्ट्रिय गिरोहको पर्दाफास गरेको थियो। प्रहरीले एक जना शंकास्पद अल्जेरियन नागरिकले फिफा वा खेल आधिकारिक अधिकारीसँगको सोझो सम्पर्कमा टिकटको कालोबाजरी भइरहेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar