Headlines News :
fb
Home » » कराचीः विमानस्थल नजिक फेरि अातंकवादी आक्रमण

कराचीः विमानस्थल नजिक फेरि अातंकवादी आक्रमण

पाकिस्तानको कराचीस्थित अन्तराष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको ४८ घण्टा नवित्दै त्यसनजिकै सुरक्षा क्याम्पमा फेरि आक्रमण भएको छ ।
पाकिस्तानको ठूलो शहर कराचीमा एयरपोर्ट सिक्योरिटी फोर्स (एएसएफ़) को क्याम्पमा २७ जेठमा तालिवानी आतंकवादीले आक्रमण गरेका छन् ।
सैनिक र आतंकवादीबीच भिडन्तपछि आतंकवादीहरु त्यहाँबाट भागेको र आक्रमणकारीहरुको खोजी भइरहेको एसएसएफका प्रवक्ताले जनाएका छन् ।
आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय तालिवानी संगठन ‘तहरिक–ए–तालिवान’ ले लिएको पाकिस्तानी मिडिया ‘द डन’ ले जनाएको छ । कराचीस्थित जिन्ना विमानस्थल नजिकै एएसएफ क्यम्पमा आक्रमण भएपछि त्यहाँ अवतरण गर्ने विमानहरुलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ ।
आक्रमणमा अहिलेसम्म कोही पनि हताहत नभएको खबर छ ।
एसएसफ क्याम्प विमानस्थलभन्दा करिब डेढ किलोमिटर टाढा छ । यसअघि २५ जेठ राति ११ बजे  ‘तहरिक–ए–तालिवान’ ले जिन्ना विमानस्थलमा गरेको आक्रमणमा १० जना आतंकवादी सहित ३० व्यक्तिको मृत्यु भएको थियो ।
बारम्वर विमानस्थल नजिक आक्रमण हुन थालेपछि पाकिस्तानमा सुरक्षा चुनौति बढेको छ भने विदेशी मिडियाहरुले पाकिस्तान सुरक्षित नभएको टिप्पणी गर्न थालेका छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar