Headlines News :
fb
Home » » काठमाडौं प्रहरी प्रमुखबाट हटाइए रमेश खरेल

काठमाडौं प्रहरी प्रमुखबाट हटाइए रमेश खरेल

काठमाडौं : काठमाडौं प्रमुख रहेका प्रहरीका वरिष्ठ उपरीक्षक रमेश खरेललाई सरुवा गरिएको छ। खरेलको ठाउँमा एसएसपी उत्तम कार्कीलाई ल्याइएको छ। खरेल अहिले विदामा छन्।

डिआइजीको बढुवामा ब्रिफकेशको ओसारपसार भइरहेको भन्ने अभिव्यक्ति दिएपछि विवादमा परेका खरेललाई गृहमन्त्रालयले छानबिन सुरु गर्दै काठमाडौं प्रमुखको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो।

तर निर्वाचन आचारसंहिता प्रभावित हुने भन्दै निर्वाचन आयोगले खरेलको सरुवा रोकेको थियो।

आयोगले सरुवा रोकेपछि पनि प्रहरी मुख्यालयले खरेलमाथि आन्तरिक छानबिन अघि बढाएपछि उनी एक महिनादेखि विदामा बसेका छन्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar