काठमाडौं :सिन्धुपाल्चोक कदमदास गाविस ७ का ५५ वर्षीय कुशीनारायण श्रेष्ठ र उनका छोरा २८ वर्षीया केशबहादुर श्रेष्ठले सुनकोशी नदीमा हाम फालेका छन्।
सुनकोशी नजिकै रहेको खेतमा रोपाइँका लागि धानको बीउ उखेल्ने विषयमा बाबुछोराबीच झगडा भएपछि बाबु श्रेष्ठ सुनकोशीमा हाम फालेका थिए। बाबुले हाम फालेपछि उनलाई बचाउन पछिपछि कुदेका छोरा केशवले पनि नदीमा हाम फाले। दुवैजनालाई नदीले बगाएको छ।अहिलेसम्म दुवैजना फेला परेका छैनन्।
उद्धार तथा खोजी कार्य भइरहेको जानकारी इलाका प्रहरी कार्यलय बाहबिसेका निरीक्षक जयश्वर रिमालले बताए
fb
.jpg)
