काठमाडौ, असार १ – घरको जेठो भाइ कुखुराको स्याहार गर्छन् । राँगाको हेरचाह गर्ने जिम्मा माइलोको भागमा छ । साईंलो र काईंलो भैंसीको दानापानी जुटाउँदै भकारो सोर्छन् ।
कान्छाको छुट्टै जिम्मेवारी छ–ठाउँठाउँमा पुगेर दुध संकलन गरी डेरी उद्योगसम्म पुर्याउने । घरका महिलाहरुको भागमा घाँस काट्ने, सरसफाई गर्ने र खाना पकाउने काम पर्छ । रुची र दक्षताको आधारमा परिवारका हरेक सदस्यको कार्य विभाजन गरिएको छ ।
परिवारका सबै मिलेर काम गरे प्रगतिको लागि पर जानै पर्दैन भन्ने यो गतिलो उदाहरण हो, घुसेल ८ ललितपुरको एउटा परिवारको । ‘सबै दाजुभाइको एकताले एउटा होइन, बहुउद्योग सञ्चालन गर्न सम्भव तुल्याएको छ’ घरको जेठो भाइ केदार गौतम भन्नुहुन्छ ‘हामी सबैजना नमिलेको भए यो सम्भव हुने नै थिएन, अहिले हामीले व्यवसायिक राँगापालन, कुखुरा पालन, भैंसी पालन, दुग्ध संकलन व्यवसाय लगायतका काम गर्दै आएका छौं ।’ ४५ वटा राँगा, हजार हाराहारीमा कुखुरा, १० वटा दुहुना भैंसी र खसीबोका व्यवसायिक रुपमा पाल्दै आएको गौतम परिवारले अरु कामदार कोही पनि राखेका छैनन् । परिवारकी महिला सदस्य कविता गौतम भन्नुहुन्छ ‘सबै भाइ मिलेर काम गर्दा थकाइ लागेजस्तो पनि हुँदैन, जिम्मेवारी बाँडफाँड भएपछि काम गर्न पनि सजिलो भएको छ ।’
पशु चौपायामा कुनै रोगव्याधी लागेमा चिकित्सकीय सेवा समेत घरबाटै उपलब्ध हुन्छ । गौतम परिवारका राजु गौतम भन्नुहुन्छ ‘पशु चौपायालाई रोग लागेमा कता भेटेरेनरी डाक्टर खोज्दै हिँड्नु ? जटिल प्रकृतिको बाहेक अन्य सबै उपचार म आफै गर्छु ।’ राजुले पशुमा लाग्ने रोग र यसको उपचार सम्बन्धी तीनमहिने तालिम लिनुभएको छ । गौतम दाजुभाइले गाउँका ७ वटा संकलन केन्द्रबाट दुध संकलन गरी डेरी उद्योगसम्म पुर्याउने काम पनि गर्दै आएका छन् । केहीबर्ष पहिले दुध संकलन गर्ने क्रममा उनीहरुले आपसमा एकजुट हुनुपर्ने आवश्यकता महसुस गरेका थिए । गाउँभरीका ७ वटा संकलन केन्द्रबाट दुध संकलन गर्ने काम थोरै जनशक्तिबाट सम्भव थिएन ।
कामदार राख्दा खासै फाइदा नहुने भएपछि दाजुभाइ जुटेर दुध संकलनको काम थालेका हुन् । जेठा दाइ केदार गौतम भन्नुहुन्छ ‘हामीले त्यतिबेला दाजुभाइ जुटेर काम गर्न सिक्यौं, आजसम्म फुट्न जानेका छैनौं ।’ यो काम गौतम परिवारले विगत ६/७ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको छ । तीन वर्षसम्म साउदी अरेबियामा पसिना बगाएर स्वदेश फर्केका नारायण गौतम अहिले खुशीले गदगद हुनुहुन्छ । ‘अरबमा काम नगर्दा पनि पसिना बग्छ, तर यहाँ त काम गरेर बगाउने हो, आफ्नो काम अनुकुलता मिलाएर जतिबेला गरेपनि हुन्छ’ उहाँले भन्नुभयो ।
गौतम दाजुभाइले बुबाआमालाई घर बनाएर शहरमा राख्नुभएको छ । सबै दाजुभाइका छोराछोरी हजुरबा हजुरआमासँगै बसेर हुर्किरहेका छन् । राम्रो आयआर्जन र एकैठाउँको बसाईले परिवारमा खुशी र सन्तुष्टी छाएको छ ।