राजविराज , असार ७ - सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट लेखेको आरोपमा २० दिनदेखि हिरासतमा रहेका सप्तरी पोर्ताहा १ का ३० वर्षीय व्यवसायी अब्दुल रहमान शुक्रबार अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् । नागरिक दैनिकमा गत जेठ १७ गते छापिएको 'सप्तरीमा सुध्रिँदो सुरक्षा' नामक समाचारको कटिङ फेसबुकमा
त्यही दिन पोस्ट भएको थियो । त्यसैमा रहमानले 'केको सुधि्रनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नुपरेको छ, त्यो पनि ५० हजार' भनी कमेन्ट लेखेका थिए । त्यही कमेन्टका आधारमा सप्तरीका एसपी दिनेश अमात्यको निर्देशनमा गत जेठ १८ मा रहमानलाई राजविराज ३ स्थित पसलबाट नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले रहमानलाई नियन्त्रणमा लिएको पन्धौं दिनमा सप्तरी जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाउन हाजिर गराएको थियो । तर १६ औं दिनमा सप्तरी जिल्ला अदालतले विद्युतीय कारोबार ऐनअन्तर्गतका मुद्दा चलाउने अधिकार क्षेत्र काठमाडांै जिल्ला अदालतको मात्रै भएको भनेपछि प्रहरीले रहमानलाई गत बुधबार साँझ काठमाडौं पठाएको थियो ।
काठमाडांै जिल्ला अदालतमा बिहीबार रहमानलाई उपस्थित गराए पनि न्यायाधीशको व्यस्तताले बयान हुन सकेको थिएन । न्यायाधीश कुलप्रसाद शर्मासमक्ष शुक्रबार रहमानको बयान भएको हो । रहमानले आफ्नो छिमेकीको चोरी भएको मोटरसाइकल फिर्ता ल्याउन ५० हजार रुपैयाँ खर्च भएको आधारमा उक्त कमेन्ट लेखेको तर प्रहरीले पैसा लिएको उल्लेख नगरेको बताएका थिए । रहमानको बयान र आवश्यक मिसिल अध्ययनपछि अदालतले ५ हजार धरौटीमा रिहा गरिदिएको हो । असार १७ गते तारिख लिन पुनः काठमाडांै आउन आदेश भएको रहमानले बताए ।
प्रहरीले अदालतमा प्रस्तुत गरेको निवेदनमा एक लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैदको माग गरेको थियो । गैरकानुनी ढंगले सप्तरी प्रहरीले छोरालाई पक्राउ गरी राखेको भन्दै बाबु इसराइल मियाँले गत बुधबार पुनरावेदन अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । अदालतका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बन्दी र आवश्यक मिसिलसहित २४ घण्टाभित्र उपस्थित गराउन जिल्ला प्रहरीका नाममा आदेश गरेका थिए ।
जिल्ला प्रहरी सप्तरीले उक्त आदेशको पत्र त्यही दिन अपराह्न ४ बजे बुझेको थियो । तर अदालतको आदेशलाई अटेर गरी प्रहरीले रहमानलाई साँझ सवा सात बजे ना५ख ३५८ नम्बर बसबाट काठमाडौँ पठाएको थियो । रहमानका बुवा इसराइल मियाँले अनाहकमा छोरालाई थुनेर प्रहरीले दुःख दिएको गुनासो गरे । 'आफू डाइबेटिज र हर्टको बिरामी हुँ,' उनले भने, 'एकमात्र छोरालाई २० दिनसम्म प्रहरीले थुनेपछि परिवारलाई दुःख अनि छोराको व्यापारमा लाखौंको नोक्सानी भयो ।'
एसपी अमात्यले सामाजिक सञ्जाललाई दुरुपयोग गरेकाले रहमानलाई नियन्त्रणमा लिई कारबाही गरेको बताए । सप्तरी जिल्ला अदालतको कार्यक्षेत्रमा विद्युतीय कारोबार ऐनअन्तर्गतका मुद्दा हेर्ने अधिकार नरहेकाले अदालतकै आदेशमा काठमाडांै जिल्ला अदालत पठाएको उनले बताए ।
यसैबीच पुनरावेदन अदालतमा राजविराजमा गत बुधबार रहमानका बुवा इसराइलले दिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार अन्तिम फैसला भएको छ । न्यायाधीशद्वय यज्ञप्रसाद बस्याल र महेन्द्रराज गौतमको संयुक्त इजलासले गरेको फैसलमा भनिएको छ, 'अनुसन्धान गर्ने प्रहरीले अदालतसमक्ष पेस गरी म्याद लिनु भन्दाअघि नै सरकारी वकिलमार्फत पेस भएको भए पीडित, व्यक्ति र नागरिकले यस्तो पीडा बेहोर्नुपर्ने अवस्था सिर्जना हुने थिएन ।'