मन्त्रीका दाजु र गृहमन्त्रीको छनोटलाई प्राथमिकता
१९ जेठ, काठमाडौं । सात प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक -एआइजी) मा बढुवा गर्दा कांग्रेस र एमालेवीच भागवण्डा गरिएको गुनासो पुनरावलोकन समितिमा पुगेको छ । गृहमन्त्री वामदेव गौतमको इच्छामा ११ औं बरियताका डीआइजीलाई एआइजी बनाउने क्रममा दोस्रो र सातौं बरियताका प्रहरी अधिकारीहरुलाई छुटाइएको आरोप असन्तुष्टहरुले लगाएका छन् । यद्यपि एमाले केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री गौतमले कांग्रेसका कारण कनिष्टलाई सिफारिस गर्नुपरेको रिपोर्टिङ गरेको एमालेका एक नेताले बताए ।
नेपाल प्रहरीमा ०४३ साल फागुन ३ गते एकैसाथ इन्स्पेक्टरबाट जागिरमा प्रवेश गरेका १४ जना डीआइजी छन् । प्रहरीमा हाल ३२ डीआइजीको दरबन्दी छ । यीमध्ये १४ बरिष्ठबाट पहिलो बरियताका उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षकमा बढुवा भइसकेका छन् । बाँकी १३ डीआइजीमध्ये बरियताका आधारमा एआइजीमा स्वाभाविक बढुवा पाउनुपर्नेमा पहिलो नम्बरमा राजेन्द्रसिंह भण्डारी हुन् । दोस्रो बरियताका नारायणप्रसाद बस्ताकोटी हुन् । तर, कुनै दलको पछाडि नलागेका कारण दोस्रो बरियताका बस्ताकोटीलाई सिफारिस नगरी चौथो बरियतामा रहेका मन्त्रीका दाजु केदार साउदलाई बढुवामा सिफारिस गरिएको असन्तुष्टको गुनासो छ । बढुवा पाउने केदार साउद नेपाली कांग्रेसका नेता एवं सिँचाइमन्त्री एनपी साउदका दाजु हुन् । दलमा नलागेका सिनियर बस्ताकोटीलाई नपारेर कांग्रेस परिवारका साउदलाई ल्याउनु न्यायसंगत नभएको भन्दै पीडित डीआइजीहरुले पुनरावलोकनको माग गरेका छन् । तर, कांग्रेसले साउदलाई आइजी बनाउने रोलक्रम मिलाउन लागेको बताइन्छ । यद्यपि बरियताका आधारमा बढुवा गर्दा वीरेन्द्रबाबु श्रेष्ठ र प्रतापसिंह थापाबाहेक अन्य पाँचजना स्वतः बढुवामा पर्ने थिए । यसमा छुटेका बस्ताकोटी र राई दुईजना मात्रै हुन् ।
गणेश राईलाई हटाएर वामदेवका मान्छे ?
एआइजी बढुवामा स्वतः पर्नुपर्ने अर्का डीआइजी हुन् गणेश राई । उपत्यका ट्राफिकमा हुँदा काठमाडौंको बाटो बिस्तारमा महत्वपूर्ण भूमिका खेलेका र अवार्डसमेत पाएका राईको ठाउँमा उनीभन्दा पछाडिको बरियतामा रहेका वीरेन्द्रबहादुर श्रेष्ठलाई बढुवा गरिएको छ । त्यसैगरी गणेश राईको बरियतालाई बरियता मिचेर ११ औं बरियतामा रहेका प्रतापसिंह थापालाई बढुवाको सिफारिस गरिएको पुनरावेदनसम्बन्धी निवेदनमा उल्लेख छ । गणेश राई प्रहरी सेवामा प्रवेशको हिसाबले उपेन्द्रकान्त अर्यालभन्दा पनि एकवर्ष पहिले अर्थात ०४२ सालका ब्याच हुन् ।

गृहमन्त्री गौतमको जोडमा बढुवाको सिफारिसमा परेका भनिएका थापा यसअघि प्रहरीको खरिद विभागमा थिए । त्यहाँ रहँदा उनले प्रहरी अकूत सम्पत्ति कमाएको उजुरीसमेत पुनरावलोकन समितिमा परेको स्रोतले बतायो । सिफारिस समितिले नम्बर दिँदा पनि आफूखुशी गरेको बताइएको छ । रोलक्रमअनुसार बस्ताकोटी र राई बढुवाको सिफारिसमा परेका भए प्रतापसिंह थापा र वीरेन्द्रबाबु श्रेष्ठको योग्यताले भ्याउने थिएन । उता थापालाई सिफारिस गर्दा उनीभन्दा माथिका डीआइजी यादव अधिकारी र परशुराम खत्री पनि अन्यायमा परेका छन् । अरुको बरियता मिचिएपछि एकै ब्याचका विश्वराजसिंह शाही र सुशीलबरसिंह थापा पनि अन्ययमा परेको भन्दै पुनरावलोकन समितिमा उजुरी परेको छ ।
सिफारिस रद्द हुन सक्ने
लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमीको अध्यक्षतामा गठित पुनरावलोकन समितिमा मुख्यसचिव र कानून सचिव सदस्य रहेका छन् । यो समितिले सात एआइजीको सिफारिसलाई मान्यता नदिएको अवस्थामा मन्त्रिपरिषदले निर्णय गर्न नसक्ने स्रोतले बतायो ।