- बरिष्ठलाई हटाएर परम्परा तोडेको भन्दै आपत्ति
२० जेठ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले सातजना डीआइजीको बढुवामा आर्थिक चलखेल भएको सुनिएकाले यसबारे छानविन गर्न प्रधानमन्त्री सुशील कोइरालासँग माग गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले प्रधानमन्त्री कोइरालालाई सोधे- दुई नम्बरको बरियतामा रहेको डीआइजीलाई बाहिर राखेर ११ नम्बरकोलाई एआइजीमा सिफारिस गुर्नको कारण के हो ? स्रोतका अनुसार प्रचण्डले एआइजी बढुवा प्रकरणमा आर्थिक चलखेल भएको कुरा बाहिर आएकाले यसबारे छानविन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।स्रोतका अनुसार आर्थिक चलखेलबारे छानविन हुनुपर्ने प्रचण्डको आशय गृहमन्त्री वामदेव गौतम एवं गृहका अधिकारीहरुतर्फ लक्षित छ । बरिष्ठताक्रममा रहेकालाई हटाएर कनिष्टलाई एआइजी बढाउँदा प्रहरी संरचनाभित्रको परम्परा खल्बलिने भएकाले यसतर्फ विचार गर्न विपक्षी दलका नेता समेत रहेका प्रचण्डले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्रोतले बतायो । एआइजी बढुवा प्रकरणबारे मंगलबार दिउँसो बस्ने ३ दलको बैठकमा पनि छलफल हुने स्रोतले बतायो ।
यो पनि पढ्नुहोस
नारायण बस्ताकोटी र गणेश राई किन बनेनन् एआइजी ?
