
साँझ करिब ७ बजे टाटामोबाइलले थिमि नगरपालिका–१४ चारदोबाटोमा ड्युटीमा रहेका प्रहरी हवल्दार कुमार बुढाथोकीलाई ठक्कर दिँदा उनको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीले जानकारी दिएको छ ।
प्रहरीले टाटामोबाइलका चालक भक्तपुर दुवाकोटका वर्ष १९ का विकास श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ । तीव्र गतिमा आएको टाटामोबाइल प्रहरीलाई ठक्कर दिएपछि जताबाट आएको त्यतै फर्किएको थियो