Headlines News :
fb
Home » » पाइन्टको गोजीमा मोबाइल फोन राख्नुहुन्छ ? होसियार नपुंशक बन्नुहोला

पाइन्टको गोजीमा मोबाइल फोन राख्नुहुन्छ ? होसियार नपुंशक बन्नुहोला

मोबाइल फोनको विकिरण पुरुषको प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुने पछिल्लो अनुसन्धानले देखाएको छ । अझ पाइन्टको गोजीमा मोबाइल फोन राख्नु झनै हानिकारक हुने र त्यसले पुरुषलाई नपुंशक बनाउने खतरा रहने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । बेलायतको एक्सेटर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मोबाइल फोनबाट उत्पन्न हुने विद्युत चुम्बकीय तरंगले शुक्रकिटको बाँच्ने दरका साथै चलायमान हुने क्षमतामा ८ प्रतिशतले गिरावट आउँछ ।

 विश्वमा अधिकांस प्रौढ मानिसले मोबाइल फोन बोक्ने गरेका छन् । तथ्यांक अनुसार विश्वका १४ प्रतिशत धनाढ्य दम्पतिहरुमा सम्भोग सम्बन्धि समस्या छ । १४ सय ९२ जना पुरुषमा गरिएका विभिन्न १० वटा अनुसन्धानलाई एकत्रित गरी एक्सेटर विश्वविद्यालयको अनुसन्धान टोलीले पछिल्लो निष्कर्ष निकालेको हो । अनुसन्धान टोली प्रमुख डाक्टर फिओला म्याथ्यूजका अनुसार मोबाइल फोनको रेडियसनले प्रजनन क्षमतामा असर पूराउने पक्का भएपनि यसमा थप अनुसन्धान भने आवश्यक छ । उनका अनुसार यो अध्ययनबाट पाइन्टको गोजीमा मोबाइल फोन बोक्दा त्यसले पुरुषको शुक्रकिटको गुणमा अझै बढि नकारात्मक असर पूराउँछ ।

शोधकर्ताहरुका अनुसार मोबाइल फोनको विकिरणले ३ तरिकाबाट शुक्रकिटको गुणास्तरमा असर पूराउँछ । पहलिो भाएबिलिटी अर्थात् शुक्रकिटको स्वास्थ्य, दोश्रो मोबिलिटी अर्थात् शुक्रकिट अण्डातर्फ प्रवाहित हुने प्रक्रिया तथा तेश्रो विर्यमा शुक्रकिटको संख्या । मानिसको विर्यमा सामान्य प्रवाह भएका ५० देखि ८५ प्रतिशत सम्म शुक्रकिट हुन्छन् तर मोबाइल विकिरणको असर पर्यो भने त्यस्ता सामान्य शुक्रकिटको संख्या ८ प्रतिशतले घट्छ । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar